काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्दार गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।अधिवक्ता सोमप्रसाद लुइँटेलले दिएको रिटमा सुनुवाइ गर्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले बिना भेदभाव, बिना स्वेच्छाचारी तरिकाले सर्त बन्देजसहित फिर्ता ल्याउने पहल गर्न आदेश दिएको हो। ‘वैदेशिक…
सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले बन्दाबन्दीको अवधिमा अदालतबाट प्रवाह हुने सेवा आंशिक सञ्चालनमा ल्याउने निर्णय गरेको छ। यसअघि बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित निवेदन तथा पक्राउ पूर्जी जारी तथा समर्थनको काममात्र सञ्चालनमा थिए। शुक्रबारदेखि हिरासतमा राख्न अनुमति दिने, अभियोगपत्र दर्ता, अभियुक्तको बयान, थुनछेक आदेश गर्ने भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर…
काठमाण्डौ । सर्वोच्च अदाललतले विदेश तथा सिमानामा रहेका नेपालीहरूलाई सम्भव भएसम्म नेपाल ल्याउनका लागि सरकारको नाममा आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश दीपककुमार कार्की र मनोज शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो । आदेशमा सम्भव भए नेपाल ल्याउने, नसके कूटनीतिक पहलमार्फत् उपचारसहितको सबै व्यवस्था मिलाउन भनिएको छ ।…
उपचार सेवा प्रदान गर्न इन्कार गर्ने स्वास्थ्य संस्थाविरुद्ध चालिएका कदमबारे जानकारी गराउन सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार एक आदेश जारी गर्दै उपचार सेवा प्रदान गर्न इन्कार गर्ने स्वास्थ्य संस्थाविरुद्ध मन्त्रालयले चालेका कदमलगायतका विवरण उपलब्ध गराउन आदेश दिएको हो ।