नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठक जारी



Published Date:2022-08-07

काठमाडौं । नेपाल परिवार दलले अगामि मङसिर ४ गते आईतबार एकै साथ हुने संधिय संसद तथा प्रदेश सभाको निर्बाचनमा पार्टीको घारण बनाउन केन्द्रीय समितिको बैठक काठमाडौमा बसीरहेको छ । काठमाण्डौमा उपलब्ध केन्द्रीय सदस्यहरुको भौतिक तथा अन्यहरुलाई जुम मार्फत बैठकमा सहभागित जनाईरहको पार्टी सचिब हरी जिसीले जानकारी दिए ।
दलका अध्यक्ष एकना ढकालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्बाचनको समिक्षा तथा संधिय संसद तथा प्रदेश सभाको निर्बाचन पार्टीको धारण तय गर्नेछ । गत स्थानीय तहको निर्बाचनमा ने.क.पा एमालेसँग तालमेल गरेको परिवार दलले यस पटक कुन दलसँग तालमेल गर्ने या एक्लै निर्बाचनमा जाने निर्णण आजको बैठकले गर्ने बताईएको छ ।


बैठकले निष्पक्ष, स्वतन्त्र, धाधली रहित र शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने बाताबरण तयार गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह समेत गर्ने निर्णय गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । मुलुकमा बैकल्पीक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यसको नेतृत्व नेपाल परिवार दलले गर्नु पर्ने भन्दै आएको दलले समान बिचार र एजेन्डा राख्ने दलहरुसँग छलफल गरेर निर्वाचनमा सहकार्य समेत गर्न सकिने निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा तीन दर्जन भन्दा बढी नेताहरुको सहभागिता रहको छ र अहिले दलका अध्यक्ष एकनाथ ढकालले पार्टीको भाबि रणनितिको बारेमा बैठकमा जानकारी दिईरहेका छन् । अध्यक्ष ढकालले शनिबार मात्र एमाले अध्यक्ष के.पी ओलीलाई बालकोटमै पुगेर भेटघाट गरेका थिए ।

Related Posts

संविधान दिवस २०७९ को अवसरमा परिवार दलको शुभकामना
काठमाडौ । नेपाल परिवार दलले संबिधान दिवसको अवसरमा सार्बभौम अधिकार सम्पन्न सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएको छ । परिवार दलका अध्यक्ष एवंम पूर्वमन...
परिवार दलमा गोर्खाका दर्जनौ युबाहरु प्रवेश
काठमाडौ । संधिय निर्बाचन तथा प्रदेश सभा निर्बाचन नजिकिएसँगै परिवार दलमा प्रबेसको लहर पनि चलेको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा गार्खाका दजनौ यु...
परिवार दलका अध्यक्ष ढकाल र एमाले अध्यक्ष ओलीबीच भेट
काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गर्नु भएको छ ...