रुपान्तरित नेतृत्वका लागि ५ दिने सेमिनार काठमाडौमा शुरु



Published Date:2022-07-25

काठमाडौ । विश्व शान्ति तथा एकीकृत परिवार संघ र इन्टरनेश्नल एसोसियसन अफ युथ एण्ड स्टुडेन्ट फर पिसको सयुक्त आयोजनामा काठमाडौमा सोमबारदेखि देखि ५ दिने रुपान्तरित अलौकिक सिद्धान्त सेमिनार शुरु भएको छ । सेमिनारमा औपचारिक सुरुवात गदै विश्व शान्ति तथा एकीकृत परिवार संघ साउथ एसियाका निर्देशक सन्तोष कुमार पौडेलले युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक सहित अलौकिक सिद्धान्त शिक्षा सेमिनारबाट प्राप्त हुने बताए । सेमिनारको उद्घाटन शत्रमा बोल्दै संबिधान सभा सदस्य मिलन राजबंशीले युुवावर्गमा भएका विभिन्नि विचलनमा सुधार ल्याउने यस्तो सेमिनार फलदाई हुने बताईन । सेमिनारमा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषय वस्तुमा आधारित भएर प्रशिक्षण दिइने कुरा कार्यक्रम संयोजक कामना भूसाले जानकारी दिईन । चरित्रवान् व्यक्ति नै असल परिवार,समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा हो ।

सेमिनारमा एक दर्जन जना युुवायुवतीहरुको सहभागिता रहेको छ । सेमिनारमा सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक ज्ञानमूलक, सेवामूलक र चेतनामूलक जस्ता गतिविधिहरुबारे प्रशिक्षण दिईने सयोजक भूसालले जानकारी दिईन् ।सोमबारबाट शुरु भएको सेमिनार शनिबार समापन हुनेछ ।

Related Posts

स्वतन्त्र उम्मेदबारको आर्कषण बढिरहेको बेला पुस्तकको रुपमा आयो खत्रीको ‘स्वतन्त्र नेतृत्ववाद’
काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच.बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् । पछिल्लो संधिय संसद र प्...
कालोबजारी नियन्त्रणको लागि उपाभोक्ता संरक्षण महासंघले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौ । चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोत्ता संरक्ष...
कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक
काठमाडौँ, । कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्...