बृद्धा अवस्थामा कस्तो देखिन्छ डिप्रेसनको प्रभाव



Published Date:2022-06-17

राजेन्द्र नेगी
डिप्रेसनलाई समान्यतया दुःख महसुस गर्नु भन्दा बढी नै चिन्ता महसुस गर्नु भनेर बुझिन्छ । यो एक साधारण तर गम्भीर मुड डिसअर्डर हो जसलाई उपचारको आवश्यता पर्छ । यस्तो अवस्थामा बिरामीले विभिन्न प्रकारका लक्षणहरु देखाउछन् । की तपाई कसरी सोच्नुहुन्छ, कसरी महसुस गर्नुहुन्छ, र व्यत्तिले निद्रा, खानपिन, काम गर्ने तौर तरिका आदि ।
डिप्रेसन एक वास्थविक रोग हो । यो एक व्यत्तिको कमजोरी वा चरित्र दोषको कारण हुने होईन र यो रोगको सत प्रतिसत निराकरण गर्न सकिन्छ, तर धेरै व्यत्तिहरुलाई राम्रो उपचारको आवश्यता पर्दछ ।
डिप्रेसनले बृद्धा अवस्थामा पार्ने असर
उदासीनपना वयस्कहरुको लगी एक साधारण समस्या हो तर यो बृद्धहरुको लागी भने सामान्य भागे होईन। अध्यनहरुका अनुसार उमेर बढ्दै जादाँ विभिन्न प्रकारका रोगहरुले च्याप्दै जाने, एक्लै बस्न प्रर्ने लगायत विभिन्न औषधिको साईड असरले गर्दा र उमेर बढ्दै गएपछि असुरक्षित महसुस हुने, विभिन्न प्रकारका तनाव, र उदासिनताको कारणले गर्दा डिप्रेसन हुनजान्छ।
उदाहरणका लागि प्रियजनको मृत्यु, कामवाट अवकासमा सर्दै, वा गम्भी प्रकारका रोगको सामना गर्नु प्रर्ने भएकले व्यत्ति दुखी वा चिन्तित हुन जान्छ, र मनोसामाजिक सहयोग पाएन भने उसमा उदासीनताको विकास हुन पुग्छ वा त्यस्ता व्यत्तिमा डिप्रेसनको खतरा बढ्न सक्ने समंभावना बढि हुन्छ ।
बृद्धा अवस्थामा आउने लक्षणहरु
ज्येष्ठ नागरिकहरुले वयस्कको भन्दा फरक लक्षणहरु देखाउन सक्दछन। दुख मात्रै उदासीनताको मुख्य लक्षण हेईन उहाँहरुमा यस्ता प्रकारका अन्य, कम स्पष्ट लक्षणहरु हुन्छन जसले गर्दा बिरामीलाई डिप्रेसन छ या छैन भनेर पहिचान गर्न सक्ने सम्भावना कम हुनसक्छ ।
कहिलेकाँही पाको उमेरमा निरासापन देखिनुका साथै थकित महसुस वा निद्रामा समस्या हुनु, विभिन्न प्रकारका भ्रम वा मगजमा समस्या, र कहिलेकाँही अल्जाईमर रोग वा अन्य मानसिक रोग जस्तो विकार देखिन सक्छ। साथसथै हृदय रोग, स्ट्रोक वा क्यान्सर जस्ता रोगमा प्रयोग गरिने औषधीले गर्दा पनि बृद्धा अवस्थामा डिपे्रसन हुनु सक्दछ ।

लेखक राजेन्द्र नेगी


डिपे्रसनमा गम्भिर प्रकारका लक्षणहरु देखा पर्दछन् जस्तो काम गर्ने क्षमतामा कमि आउनु, सुत्न नसक्नु, अध्ययन, खानपिन, व्यत्तिगत जिवनामा परिवर्तन वा यी लक्षणहरुले व्यत्तिको दैनिक जिवमा हस्तक्षेप गर्नु । यस्ता लक्षणहरु व्यत्तिको जिवनमा पटक पटक दोहोरियो भने ती व्यत्तिलाई डिपे्रसन भएको छ भनेर पहिचान गर्न सजिलो हुन्छ। उदासिन मुड कम्तिमा पनि दुई बर्ष सम्म रहन्छ र यदि समयमै यसको पहिचान तथा उपचार गर्न सक्यो भने यो पुर्ण रुपमा निको हुन्छ।

डिपे्रसनका कारण र जोखिमका तत्वहरु
डिपे्रसन हुनुका धेरै कारण र तत्वहरु हुन्छन् ।
जिनहरु — प्हिले आफ्नो परिवारमा डिपे्रसन भएको छ भने त्यस्ता व्यत्तिहरुमा डिपे्रसन हुने सभांवना धेरै हुन्छ।
व्यत्तिगत इतिहास — उमेर ढल्किदै गएपछि जसले जिवनमा विभिन्न प्रकारका दुख पिडाहरु भोगेको हुन्छ र उसको परिवारीक इतिहासमा पहिले कसैलाई पनि डिपे्रसन थिएन भने पनि त्यस्ता व्यत्तिहरुमा डिपे्रसन हुने सभांवना हुन्छ।
मस्तिष्कमा रसायनको गडबडि— कहिले काहीँ मस्तिष्कमा रसायनको गडवडिका कारणले पनि व्यत्तिमा डिपे्रसन हुन सक्दछ।
तनाव— प्रियजन गुमाउनु, गाहिरो सम्बन्ध वा कुनै पनि तनावपुर्ण अवस्थाले पनि डिपे्रसन हुनलाई उत्पे्ररित गर्न सक्दछ ।
भास्कुलर डिपे्रसन
कुनै व्यत्तिले जिवनमा पहिलो पटक डिपे्रसनको महसुस गर्छ वा उमेर वढ्दै गएपछि व्यत्तिको शरिरक अवस्था कम्जोर हुने, नसाहरु खुम्चिदै जाने र त्यसको कारणले गर्दा रत्तसंचार प्रवाह राम्रो संग नहुने हुदाँ भास्कुुलर डिपे्रसन हुन सक्दछ। यस्तो अवस्था पहिले परिवारमा कसैलाई डिपे्रसन नभएको भए पनि कहिलेकाँही डिपे्रसन आउन सक्दछ।
यदि बृद्ध बृद्धाहरुलाई हृदय रोग, स्ट्रोक, वा अन्य संवेदनसिल रोग भएमा भास्कुलर डिपे्रसन बढि जोखिमको कारण हुन आउछ।
डिपे्रसन अन्य रोगहरु संग संगै आउन सक्छ
डिपे्रसन बृद्ध अवस्थामा वा अन्य गम्भिर शारिरीक रोगहरु र ती रोग संग लड्न प्रयोग गरिने औषधीको कारणले आउन सक्दछ। र यस्तो अवस्थामा डिपे्रसनले झन खराव अवस्था ल्याउन सक्छ। यदि समयमै यस्ता समस्याको पहिचान गरेर उपचार गर्यो भने यसले भविश्यमा ल्याउने समस्यावाट बचाउन सकिन्छ। र हामिले समयमै यस्ता प्रकारका सहयोग गर्न सफल भयौँ भने उनिहरुलाई जिवन र अन्य परिस्थिति संग प्रबन्ध गर्न मदत पुर्यउँन सकिन्छ ।
डिपे्रसनका सामान्य लक्षणहरु
डिपे्रसन सगं सम्बन्धित धेरै लक्षणहरु हुन्छन र यी लक्षणहरु व्यत्तिको व्यवहार अनुसार फरक फरक आउन सक्छन् ।
जीतौ
लगातार दुखी हुनु, चिन्तित हुनु, दिमाग रित्तिनु ड्ड निरासापना, भावना, असाहयताको भावना ड्ड चिडचिडाहटपना, अस्वस्थथता वा छटपटि हुनु ड्ड खाने कुरामा रुचि कम हुनु ड्ड शरिर आलश्य हुनु वा थकान महसुस हुनु ड्ड ध्यान केन्द्रि गर्न नसक्नु, निर्णय गर्न कठिनाई ड्ड निद्रा नलाग्ने ड्ड आत्महत्याको सोचाई अउनु ड्ड टाउको दुख्ने, ऐंठन हुनेड्ड बारम्बार रोईरहने
डिपे्रसनका उपचार ः गम्भिर प्रकारको डिपे्रसनको पनि उपचार गर्न सकिन्छ, यदि तपाईलाई यस्तो किसमको समस्या देखिएमा तपाईले डाक्टर, मनोविदहरुको वा स्वास्थ्य सेवा प्रदायक सगं समय मिलाएर आफ्नो समस्याको बारेमा भन्न सक्नुभयो भने उनिहरुले समयमै समस्याको पहिचान गरेर सहयोग गर्न सक्दछन् । र उनिहरुले मनोवैज्ञानिक मुल्याकंनको आधारमा सहजै यस्ता प्रकारका समस्याको निराकरण गर्न सक्दछन् । भने तपाई संग गरेका सम्पुर्ण कुराहरु गोप्य रहने भएकाले यो विषयमा समयमै बिचार पुर्यायो भने यी समस्याहरुवाट निराकरण हुन सहज हुन्छ । व्यत्ति विशेस उपचारको बिधिहरु फरक हुनुसक्छन्, र कहिलेकाँहि बहुविधि उपचारहरुले पनि सम्भव भएन भने हामीले उपचार गर्ने अरु बिधि फेला पार्ने प्रयास जारी राख्नु पर्छ । डिपे्रसनको उपचारको सबै भन्दा रामा्रो बिधि भनेको साइकोथेरापी हो ।
डिपे्रसनको लागी आवस्यक थेरापी
मनोचिकित्सा एक टक थेरापी हो यसले डिपे्रसन भएका व्यत्तिहरुलाई सहयोग पुर्याउँछ भने यो व्यत्तिको आवश्यता अनुसार अल्पकालीन वा लामो समय सम्म गर्नु पर्ने हुन्छ ।
संज्ञानात्मक थेरापी डिपे्रसनको उपचारमा प्रयोग गरिने एक प्रकारको टक थेरापी नै हो । यसले नकरात्मक सोच र ब्यवहारहरुलाई सकरात्मक सोचाईतिर परिवर्तन गर्न मद्धत गर्दछ। यसले व्यत्तिमा भएका समस्याग्रस्त सम्बन्धहरु प्हिचान गर्न र यसलाई न्युनिकरण गर्न मद्धत गर्छ ।
डिपे्रसनको जोखिम र रोकथाम
डिपे्रसनको जोखिम कम गर्न सकिन्छ र यसलाई सामना पनि गर्न सकिन्छ । तर डिपे्रसन भएका व्यत्तिहरुको समयमै समस्याहरुको बारेमा थाहा पाउनु पर्ने हुन्छ र यसका चरणहरु के के हुन, यी कुराहरुले त्यस्ता व्यत्तिको जिवमा के कस्ता असर पारेको छ भन्ने कुराको पहिचान गरेर डिप्रेसन भएका व्यत्तिलाई आफ्नो जीवका ठुला परिवर्तनहरुको लागि तयार गराउन सके र आफुमा भएका दुख पिडाहरु आफ्नो नजिकको मान्छेलाई सेयर गर्ने सहज वातावरण बनाउन सकियो भने त्यस्ता व्यत्तिहरुलाई यी समस्याहरु वाट सहजै बाहिर निकाल्ने वातावरण बनाउन सकिन्छ । नियमित व्यायाम, उचित खानपिन, आरमदाई सुताई, सामाजिक क्रियाकलकप जस्ता कार्यहरु नियमित रुपमा गर्नाले अशक्तता र उदासिनता वाट जोगिन सकिन्छ ।
(लेखक : एजिङ लाईफ केयर होम प्रा.लिका संञ्चालक तथा मनोसामाजिक बिर्मश कर्ता तथा आर्ट थेरापिष्ट हुन् )

Related Posts

स्वतन्त्र उम्मेदबारको आर्कषण बढिरहेको बेला पुस्तकको रुपमा आयो खत्रीको ‘स्वतन्त्र नेतृत्ववाद’
काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच.बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् । पछिल्लो संधिय संसद र प्...
कालोबजारी नियन्त्रणको लागि उपाभोक्ता संरक्षण महासंघले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौ । चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोत्ता संरक्ष...
कवि राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक
काठमाडौँ, । कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्...