पिस फोर्स नेपालको सोलुखुम्बु जिल्ला कमिटी गठन



Published Date:2022-02-11

सोलुखुम्बु जिल्ला सल्लेरीमा एक कार्यक्रमका बिच केन्द्रीय अध्यक्ष श्री रविन्द्र चौलागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मिङमार डोमा शेर्पाको अध्यक्षमा जिल्ला कमिटी गठन गरिएको छ। यूवा भेलामा केन्द्रीय सह(महामन्त्री दिपक सापकोटाले प्रशिक्षण दिनुभएको थियो भने केन्द्रीय सदस्य जगत बहादुर थिङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उक्त भेलामा पदाधिकारी सदस्यहरु अग्रपन्थी लोकतन्त्र दर्शनबाट आफुहरु गहिरो रुपमा प्रभावित भएकाले यश संगठनमा आबद्द भएको बताउनु भयो र जिल्लाको सबै पालिका र वडामा कमिटी विस्तार गरि यो अभियानमा जीवनभर साथ नछाड्ने बताउनुभयो।

नवनिर्वाचित जिल्ला कमिटीलाई बधाई दिदै बैशाख ३० गते स्थानिय निर्वाचन घोषणा भएकोले पिस फोर्स नेपाल स्वागत गर्ने र साथै मातहत सम्पूर्ण कमिटी हरुलाई अबका हरेक कार्यक्रम र अभियानहरुलाई निर्वाचन केन्द्रित गर्न र गराउन चौलागाईले निर्देशन दिनुभयो।

Related Posts

सोनाम ल्होसारको अवसरमा परिवार दलको शुभकामना
सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्‍भाव कार्यम गर्न मद्धत पुग्ने काठमाडौं। तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसारको अव...
अध्यक्ष ढकाल र मित्र राष्ट्र गणतन्त्र इस्ट टिमोरकि विदेश मन्त्री बीच भेटबार्ता
नेपाल परिवार दलका अध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र गणतन्त्र इस्ट टिमोरकि विदेश मामिला मन्त्री अदाल्जीज़ा अल्बेर्तिन...
परिवार दलद्वारा हरितालिका तीजका अवसरमा शुभकामना
काठमाडौं । नेपाल परिवार दलले हरितालिका तीजका अवसरमा देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त...