फटाफट सेवा दिएर सबैको मन जित्दै सुजना



Published Date:2022-01-12

काठमाण्डौ । गरे के हुन्न भन्ने उदारण बनेकी छन नुकाकोट तारेकेश्वरकी सुजना सापकोटा जसल् छोटो समयमा इकर्मस साइट सञ्चालन गरेर आफूलाई काठमाण्डौमा स्थापित हुन सफल भएकी छन् । सामान्य परिवारमा जन्मीएकी सापकोटा परिवार भने गाउँमै सामान्य ब्यापार ब्यबसाय गर्दथिए र त्यही भएर पनि सुजनाले म्यानेजमेन्ट अध्यन गरीन र मास्टर्स सम्मको अध्यन पुरा गरीन् । प्लस २ गरेर काठमाण्डौ छिरेकी सुजनाले सुरुमा ल फर्ममा काम गरीन जहाँबाट उनले कानुन र समाजलाई राम्रोसँग बुझने मौका पाईन त्यसपछि भने मोबाईल सम्बन्धी काम गर्ने गुरास ट्रेड लिकमा काम गर्ने मौका पाईन । दुई बर्ष त्यहाँ काम गरेपछि उनलाई आफैले केही गर्न सकिन्छ भन्ने आत्मबल बढेपछि उनले एक जना साथीसँग मिलेर आफ्नै ब्यबसया शुरु गरीन । ललितपुरको झम्सीखेलमा ‘जे चाहिन्छ, फटाफट पाइन्छ’ नारा दिएर फटाफट सेवा सञ्चालनमा गरेकी सुजनाले अहिले फटाफट सेवा दिएर सबैको मन जितेकी छन् । उनले सञ्चालन गरेको इकर्मस साइट फटाफट सेवा प्रालीले अनलाइन प्लेटर्फमार्फत मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक सामानहरु खरिद गर्न सकिने छ ।


उपभोक्ताहरुले शुन्य प्रतिशत व्याजदर र डाउन पेमेण्टमा बिभिन्न प्रकारका विद्युतीय प्रकरण खरिद गर्न सकिन्छ । फटाफट सेवाले बिग्रिएका मोबाइलहरू संकलन गरी मर्मत गरेर उपभोक्तालाई डेलिभरी दिने सेवापनि सञ्चालन गरेको छ । फटाफट सेवाबाट कुनै पनि सामान खरिद गरेमा सामग्री भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती, र आईएमई पे मार्फत भुक्तानी गर्न सकिने छ । अरुले यसो गरयो उसो गरयो, यो गरेन त्यो गरेन भन्नु भन्दा आफले के गर्ने, कसलाई गर्ने, किन गर्ने र किन नगर्ने भन्ने कुरा मनन गरी केही न केही गर्नु पर्दछ भन्ने सोच राख्ने सुजना पछिल्लो समय मोबाइल ब्यबसायमा चिनिएको नाम हो ।
उनी फटाफट सेवामा दिनरात कही नभनी सेवामा आफुलाई सर्मपित गरेका छन् । जसको कारण उनले स्थापन गरेको कम्पनी दिनमा दूई गुना रातमा चार गुनाले सफलता तर्फ उन्मुख भईरहेको छ । यतिबेला कोराना भाईरसको मारामारीमा जुधीरहेको बेला पनि उनी बढी भन्दा बढी ग्राहकलाई कसरी कसरी सेवा दिन सकिन्छ भनेर लागिपरेका छन् । आफ्नो पेशा प्रती इमानदार र जिम्मेवार व्याक्तीको रुपमा चिनिएका सृजनालाई उनले गरेको काममा परिवारको दरिलो साथ पाएका छन् । बिहान देखि बेलुका सम्म निरन्तर फटाफट सेवामा सक्रिय सापकोटा गित सुन्ने तथा नयाँ काम गर्ने जहिले तत्पर रहने सुजनको भबिश्य भने ब्यबसायमा उज्जल छ । बोली जस्तै ब्यबहार गर्ने सुजनाले नेपालको पहिलो सर्भिस ओरेन्टेट इकर्मस संञ्चालन गर्ने जागर भने लकडाउनबाट पाएको बताउँछिन् ।

Related Posts

पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट
बिश्व चचित गुरु रबि शंकरले नेपालीहरुको सुख शान्ति र समृद्धि कामना गरे बैंगलौर । भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एक...
मेरो उम्मेदवारी बिदेशमा रहेका सम्पूर्ण नेपाली महिलाको हक अधिकारलाई स्थापीत गर्नको लागि हो ।
जुनु गुरुङ एन.आर.एन.ए आइसीसि महिला फोरम संयोजक उम्मेदवार काठमाण्डौ । यहि साता काठमाण्डौमा हुने एन आर एन.ए नवौ बिश्व सम्मेलमाजुनु गुरुङ एन आर एन.ए आ...
एक्लै पनि यात्रामा जान सकिने स्थान तारेभीर
तारेभिरको फेदीमा रहेको वस्तीबाट काठमाडौं उपत्यका छर्लङ्गै देखिन्छ । तारेभीर चढ्दै गर्दा सल्लाघारीमा चराचुरुङ्गीको चिरबिरले यात्रा रोमाञ्चक बनाउँछ भ...