अहिल्यैकै संविधानबाट सबै समस्याको हल खोज्न सकिन्छ : अध्यक्ष ढकाल



Published Date:2022-01-06

परिवार दल निकट शान्ति बलको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले यहि संविधानबाट सबै समस्याको हल खोज्न सकिने बताएका छन् । शान्ति बल नेपाल र जानकी फाउन्डेसनले राजधानीमा आयोजना गरेको युवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले अहिलेको ब्यबस्थाको बिकल्प खोज्ने बेला आईनसकेको बताए । भेलालाई सम्बोधन गदै ढकालले परिर्वतनको पक्षधर पार्टी परिवार दल भएको भएको भन्दै दलले अगामि तिनै तहको निर्बाचनमा भाग लिने बताए ।
नेता ढकालले परिवार दलमा आवद्ध रहेर आफ्नो क्षमताको परिक्षण गर्न युवाहरुलाई आवहान गदै दलले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई जोडदार रुपमा उठाएको बताए । ढकालले संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक परे संबिधान संम्सोधनको पक्षमा परिवार दल रहेको बताए ।


अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण युवाशक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताए । नेता ढकालले युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ ढकालले भने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए । ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए दलका महामन्त्री प्रकाश बाबु थापाले आजका युवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए । उलने देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए । दलका उपाध्यक्ष गणेश कुमार श्रेष्ठले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै परिवार दलले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक संसदको पक्षधर शक्तिहरुसंग सहकार्य गरेर उक्त एजेन्डालाई स्थापित गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दूई दर्जन युवाहरु परिवार दलमा प्रवेश पनि गरेका थिए । उनीहरुलाई दलका अध्यक्ष एकनाथ ढकालले खादा तथा सदस्यता बितरण गरेर पार्टी प्रबेस गराएका थिए । यसरी पार्टी प्रबेस गर्नेहरुमा अरुण दाहाल, डा.बिनिता गुरुङ्ग, अलिना गुरुङ्ग,प्रियका नायक, इच्छा खतिवडा, बर्षा दाहाल, महेन्द्र देवकोटा, अमिर कार्की,एलिना चौधरी, सुस्मीता भण्डारी,रितु डंगोल, सोम बहादुर गुरुङ्ग, सपना श्रेष्ठ लगायत रहका छन् सो भेलाको संञ्चालन शान्ति बलका महासचिव नाईन्द्र खतिवडाले गरेका थिए ।

Related Posts

अध्यक्ष एकनाथ ढकाल र कम्बोडियालि उपसभामुख बीच भेटवार्ता
कम्बोडिया । मित्र राष्ट्र कम्बोडियाको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल द्वारा कम्बोडियालि संसद्कि उप(सभामुख कून ...
त्रिबिले मनायो भ्रस्टाचार विरुद्धको दिबस
काठमाण्डौ । भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता आवस्यकता र चुनौती, विषायक गोष्ठी आयोजना गरि काठमाडौं किर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको ...
पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट
बिश्व चचित गुरु रबि शंकरले नेपालीहरुको सुख शान्ति र समृद्धि कामना गरे बैंगलौर । भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एक...