त्रिबिले मनायो भ्रस्टाचार विरुद्धको दिबस



Published Date:2021-12-10

काठमाण्डौ । भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता आवस्यकता र चुनौती, विषायक गोष्ठी आयोजना गरि काठमाडौं किर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको हलमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइयो। त्रिभुवन विश्वविद्यालयको ूसुशासन एवं भ्रष्टाचार निवारणू संकायका स्नातकोत्तर तहका विद्यार्थीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा सहभागिअतिथीहरुले भ्रस्टाचार निवारणमा साझा प्रतिबद्धता लेखिएको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको शुरुवात गरिएको हो ।
प्रा.डा.शिबराज अधिकारीले भ्रष्टाचार निवारण विषयमा प्रशिक्षण दिएका थिए । नेपाल सरकारका पुर्व सुचना आयुक्त कृष्णहरी बास्कोटा, उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, भ्रष्टाचार निवारण अभियानका संस्थापक भरत जंघम, लगायतले भ्रष्टाचार निवारणको विषयमा मन्तव्य दिएका थिए ।


सम्पुर्ण वक्ताहरूले नेपालमा भ्रष्टाचार बढ्दै गएको र हरेक तहमा बलियो कानुन बनाएर सदाचारलाई प्रोत्साहन गरि भ्रष्टाचारलाई दुरुत्साहन गर्नुपर्ने कुरामा जोड दिएका थिए। ट्रान्सप्यारेन्सी इन्टरनेसनलका अनुसार नेपाल भ्रष्टाचारि मुलुकमा ११७ औँ स्थानमा रहेको छ।
उक्त कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयको सुशासन एवं भ्रष्टाचार निवारण बिभाग प्रमुख प्राध्यापक योगेश रंजितले गर्नुभएको थियो । आयोजकको तर्फबाट स्वागत मन्तव्य हरी बहादुर खत्रीले दिनुभएको थियो त्यसैगरी उपस्थितहरुलाई धन्यवाद मन्तव्य सिर्जना अधिकारीले दिनुभएको थियो। उक्त समारोहको उद्घोषण बिशाल गैरेले गरेका थिए ।

Related Posts

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
निर्वाचन आयोगले राष्ट्रिय सभा लगायत चुनावका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान सा...
कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ
कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिष...
दरबारमार्ग र ठमेलको रात्रिकालीन सेवा अब झम्सीखेलको ‘अपटाउन लाउन्ज एण्ड क्लब’मा
पुस १४ ललितपुर । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट ला...