सयौको सङ्ख्यामा जागरुक युवाहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश



Published Date:2021-11-13

धनुषा । जनता समाजबादी पार्टी नेपालले भाद्र १ गतेदेखि मङ्सिर मसान्तसम्म चलाईरहेको संगठन सुदृढीकरण तथा जन जागरणू (सुज) अभियान अन्तर्गत धनुषा जिल्ला, गणेशमान चारनाथ नगरपालिका, वडा न. ५ अन्तर्गत सखुबनी, टडिया र आसपासका टोलहरूबाट सयौको सङ्ख्यामा जागरुक युवाहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न।
संघियता सुशासन, समृदी, समाजवाद चार नीति र ूसम्मुनत सघिय समाजवादू सिद्धान्त अवलम्बन गरेको जसपा नेपालमा जागरुक युवाहरुको प्रवेशले ५ न. वडासँगै गणेशमान चारनाथ नगर नै जसपामय बन्दै गइरहेको छ।
कराते खेलाडी तथा स्थानीय जागरुक युवा रूपेश गौतम ूतूफानू को अध्यक्षता शुरु भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सदस्य दिपक कार्की, विशिस्ट अतिथी संघिय परिषद सदस्य श्यामनारायण यादव रहेको थियो भने अतिथिहरुमा २ न. प्रदेश डेलिगेट ब्रहमदेव यादव, धनुषा जिल्ला सदस्यद्वय रामचलितर यादव तथा देवनाथ साह साथै अन्य अतिथीहरुमा अग्रज स्थानिय नेता केदार खड्का, गणेशमान चारनाथ नगर अध्यक्ष रामएकवाल शर्मा जसपा ५ न.वडा अध्यक्ष बाबुराम थापा रहेका थिए।


विभिन्न आन्दोलनमा सहिद भएका ज्ञात अज्ञात सहिद प्रती एक मिनेट मौनधारण गरि शुरु भएको जसपा पार्टी प्रवेश कार्यक्रममा सयौ जागरूक युवाहरुलाई जसपा संधिय परिषद सदस्य श्यामनारायण यादवले अबिर लगाईदिएका थिए भने केन्द्रिय सदस्य दिपक कार्कीले फुलमाला लगाएर स्वागत गर्दै जनता समाजवादी पार्टी नेपालमा पार्टी प्रवेश गराएका थिए।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जसपा नगर अध्यक्ष रामएकवाल शर्मा ूबालीू ले युवाहरुले सहि बाटो पहिल्याउन सके मात्र टोल, समाज, देश विकास हुने बताए। त्यसैगरी धनुषा जिल्ला सदस्य रमचलितर यादवले समाजमा भएको विकृती विसङ्गती बिरु४ आवाज उठाउनु पर्ने बताए। यहि क्रममा संघिय परिषद सदस्य श्यामनारायण यादवले युवाहरु भविष्यका कर्णधार भएकाले टोल, नगर, समाज, राष्ट्र निर्माण गर्न योगदान गर्नुपर्ने बताए
मन्तव्यको क्रम प्रमुख अतिथी केन्द्रिय सदस्य दिपक कार्किले पटक पटक सरकार चलाएका, देशको नेतृत्व गरेका पार्टीहरुले युवाको समस्या नबुझेको र रोजगारी दिन नसकेको साथै घरपरिवार पाल्न दैनिक १५ सयको हाराहारीमा विदेश जान वाध्य परेकोमा असन्तुष्टि व्यक्त गरे । युवाहरुलाई कुलतमा नलाग्न र सहि बाटो पहिल्याउन सुझाव दिए। नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, भगौलिक विविधता भएकोले सबै जाती, भाषी, धर्म र भागैलिकताको सम्मान गर्न अनुरोधका साथ युवाहरुको ध्यानाकर्षण गराए। त्यसैगरी मन्तव्यकै क्रममा समाजमा भएको विकृती चिर्न बालविवाह गर्दिन र गर्न दिन्न, दाइजो लिन्न र लिन दिन्न भनी प्रतिवध्दता जाहेर गर्न अनुरोध गरे। बालबिबाह तथा दाईजो कुप्रथाले भ्रुण हत्या देखि व्यक्ति हत्यासम्म हुने गरेको प्रष्ट पारे। युवाहरु सड्ढगठित रुपमा अघि बढ्न अपिलका साथ युवाहरुको सुखदुस्खमा साथ रहेको विस्वास दिलानुका साथै आफ्नो प्रतिवध्दता रहेको बताए।
अन्तमा, जसपा संघिय परिषद सदस्य रित ब.श्रेष्ठ (कृष्ण)ले अब देश प्रत्यक्ष निर्वचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक व्यवस्थापिका स्ांसद प्रणालीमा जानु, लैजानु पर्ने जोडदारका साथ बताउनु साथै उदघोषणको बिट मार्दै कार्यक्रम अध्यक्षको अनुमतिमा कार्यक्रम समापन भएको घोषणा गरे।

Related Posts

परिवार दलको महाधिबेसन सफल बनाउन आवहान गदै पिस फोर्सको शान्ती ¥याली
काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिबेशनको पूर्व सन्धयामा दल निकट पीस र्फोस नेपालले शान्ति ¥याली निकालेको शुक्रबार माईतिघर मण्डला दे...
गोरखाका वामपन्थी नेता खिल बहादुर गुरुङ परिवार दलमा प्रवेश
काठमाडौ । गोरखा सौरपानीका वामपन्थी नेता खिल बहादुर गुरुङ परिवार दलमा प्रवेश गरेका छन्। बुधबार परिवार दलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार...
नेपाल क्वानमुकान कराँत् डो संघको अध्यक्षमा जनक सुबेदी
काठमाण्डौ । नेपाल क्वानमुकान कराँत् डो संघको पाँचौ अधिबेसन सम्पन्न भएको छ । काठमाण्डौमा भएको अधिबेसनले अध्यक्षमा जनक सुबेदीलाई सर्बसम्बत रुपमा चयन ...