तामाङ पत्रकार संघ काठमाडौंमा योन्जन‚ तीन जनालाई अवार्ड



Published Date:2021-11-12

तामाङ पत्रकार संघ काठमाडौं शाखाको तेस्रो अधिवेशन तथा काठमाडौं तामाङ मिडिया अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार तामाङ घेदुङको सभाहलमा सम्पन्न अधिवेशनलार्इ सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यम समावेशी हुनुपर्ने बताएका छन् । उनले भने‚‘सम्पूर्ण सञ्चारगृहको समाचार शाखा समावेशी हुनुपर्ने भन्दै यसका लागि तामाङ पत्रकार सङ्घले मूलधारको सञ्चारमाध्यममा पहुँच विस्तार गर्नुपर्छ ।
यसैगरी कार्यक्रमलार्इ सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सुर्य सुवेदीले आजको पत्रकारिता आवाजविहीनहरूको आवाज हुन सक्नुपर्ने बताए । ‘तामाङ पत्रकार सङ्घ स्थानीय तहसम्म पुग्नुपर्ने र पत्रकार पनि सक्षम हुनुपर्छ’‚ उनले भने ।
भाषाविद् अमृत योञ्जन तामाङले तामाङहरूको इतिहास खोताल्नु पर्ने र त्यसको प्रचारप्रसारमा संघले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने‚‘हाम्रा समुदायका पत्रकारहरु प्रशस्तै रहेकाले तामाङ कला संस्कृतिका विषयमा सञ्चारमाध्यममा उठान गर्नुपर्छ ।’


तामाङ पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष विष्णु तामाङले सङ्घले तामाङ पत्रकारलाई सङ्गठित बनाएर उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको रहेको बताउँदै अहिले तामाङ पत्रकार सङ्घ २० जिल्लामा विस्तार भएको जानकारी दिए ।
यस्तै तामाङ भाषा, संस्कृति, इतिहास र मुद्दालाई उजागर गर्दै तामाङ समुदायमा पुर्‍याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरेको निवर्तमान अध्यक्ष युनिकरक्षे ग्लानले बताए ।
पूर्व अध्यक्षहरू सम्मानित
कार्यक्रममा तामाङ पत्रकार सङ्घका पूर्व अध्यक्षहरू र रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषाको समाचार प्रसारण गरेकाहरुलाई सम्मान गरिएको छ ।
सङ्घका संस्थापक अध्यक्ष रवीन्द्र तामाङ पूर्व अध्यक्षहरू रुद्रसिंह तामाङ, प्रतीक ङेसुर तामाङ, दीपेन्द्र लामा, जगत दोङ तामाङ र वर्तमान अध्यक्ष विष्णु तामाङलाई सम्मान गरिएको हो । सङ्घलाई पुर्‍याएको सहयोगको प्रशंसासहित कार्यक्रममा उनीहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
यस्तै रेडियो नेपालबाट समाचार प्रसारण गरेका भाषाविद् अमृत योन्जन तामाङ‚ संचारकर्मीद्वय ध्यानबहादुर मोक्तान र रमिता लामालार्इ सम्मान गरेका हुन् ।
सर्वसम्मत नेतृत्व चयन
यसैगरी तामाङ पत्रकार सङ्घ काठमाडौँ जिल्ला कार्य समिति सर्वसम्मतले टुङ्गो लगाएका छन् । सन्तोष योञ्जन तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
कार्य समितिको उपाध्यक्षमा सोम्फे तामाङ चयन भएका छन् भने हिरोज लोप्चन सचिवमा चयन भएका छन् । त्यस्तै सह– सचिव कार्यसमितिले पछि मनोनयन गर्ने बताइएको छ । कोषाध्यक्षको जिम्मेवारी सिर्जना तामाङले पाएकी छन् ।
त्यस्तै सदस्यहरूमा डुक्पा छिरिङ मोक्तान, जनक तामाङ, मनीषा लो तामाङ, किशोरी लामा र सृष्टि तामाङ सर्वसम्मत चयन भएका छन् । त्यस्तै एक जना सदस्य पनि पछि कार्यसमितिले मनोनयन गर्ने बताइएको छ ।
तीन जनालाई काठमाडौँ मिडिया अवार्ड अवार्ड
त्यस्तै ‘काठमाडौँ तामाङ मिडिया अवार्ड’ तीन जना पत्रकारलाई प्रदान गरिएको छ । रेडियो, छापा र अनलाईन विधामा क्रमशस् विष्णु दोङ तामाङ, सुशीला लामा र दिलबहादुर लामा रहेका छन् । उनीहरूलाई जनही ७ हजारसहित प्रमाण पत्र, ट्रफी प्रदान गरिएको छ ।

Related Posts

कवि पाण्डेयले ल्याए छन्द कवितासंग्रह ‘दुलही’
काठमाडौँ, २३ कार्तिक । कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ । छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको य...
मानिसको जिबन चक्र
–अच्युत मान सिंह प्रधान “उत्सुक” कुमालेको चक्र झै हो, मानिसको जिबन चक्र। घुमि रहन्छ अनि घुमि रहन्छ रोकिन्दैन कहिले। मानिस जन्मन्छ...
सिजन मिडियाद्वारा डा भोला रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड तथा सम्मान’ ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान
काठमाडौैं । सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम...