भृकुटीमण्डपमा सुरु भयो ७० प्रतिशसम्म छुट पाउने जुत्ताचप्पल मेलाः २५ ब्राण्ड एकै छानामुनि



Published Date:2021-11-11

काठमाडौं उपत्यकाका बासिन्दाले मुलुकका चर्चित २५ भन्दा बढी ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानीछानी किन्न पाउने भएका छन् ।
फुटवेयर मेनुफयाक्चरर्स एसोसिएसन अफ नेपालले कात्तिक २६ देखि काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला आयोजना गर्ने भएको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा मेलामा उपभोक्ताले भारी छुटमा गुणस्तरीय जुत्ताचप्पल किन्न पाउने मेला आयोजक समितिका उपसंयोजक सुरज बन्जाडेले जानकारी दिए ।
मेलामा रन, शिखर, सुल्याण्ड, हाइलाइफ, क्रसरोड, ल्याण्डवाक, स्मार्ट सुज, युनाइटेड लेदर, फस्र्ट वाक, बिएफ स्पोर्ट, सफ्टटच, गोल्ड स्टार, कोसेली, म्याजिक, बोस सुज, फुट स्टेप, केटिएम, फिट राइट, स्टाइललगायतका ब्राण्डका जुत्ताचप्पल उपलब्ध हुने छन् ।
मेलामा ३ हजारभन्दा बढी डिजाइनका १५० देखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्प्ल उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल किन्न पाइने आयोजकले जनाएको छ ।
मेलामा जाडोका जुत्ताचप्पल विशेष आकर्षण हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, पियु चप्पल लगायत पुरुष, महिला र बालबालिकालगायत हरेक ब्यक्तिलाई चाहिने सबै प्रकारका जुत्ताचप्पल उपलब्ध छन् ।
कोरोना महामारीले मेला महोत्सव बन्द रहेका बेला जुत्ता उत्पादकहरुको छाता संगठनले पहिलो पटक बृहद् रुपमा जुत्ताचप्पल मेला आयोजना गर्न लागेको हो ।

Related Posts

शिखरको विन्टर सेल मेला कात्तिक २५ सम्म, तपाइँले जुत्ताचप्पल किन्नुभयो ?
शिखर सुजले भृकुटीमण्डपमा सुरु गरेको जुत्ताचप्पल मेला यही कात्तिक २५ (बिहीबार) सम्म हुने भएको छ । पूर्वनिर्धारित समयमै मेला अन्त्य गरिने मेला आयोजक ...
शिखरको सेल मेलामा महिलाको ३ जोडी जुत्ता एक हजारमै
शिखरको भृकुटीमण्डपमा जारी विन्टर सेल मेलामा जाडोका तीन जोडी जुत्ता १ हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ । जाडो सिजनलाई लक्षित गरि सुरु गरिएको मेला...
सुबिसुको दक्षिणा अफर : ‘इन्टरनेट छ साथमा, दक्षिणा छ हातमा’
नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले यस वर्षको महान चाड बडा दश...