कवि पाण्डेयले ल्याए छन्द कवितासंग्रह ‘दुलही’



Published Date:2021-11-09

काठमाडौँ, २३ कार्तिक । कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ ।
छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको यो पहिलो कवितासंग्रह हो । उनका यसअघि ‘गजलका फाकीहरू’ (सहलेखन), ‘आगमन’ गजलसंग्रह तथा ‘छन्द र अलङ्कार ः सिद्धान्त र प्रयोग’लगायत कृति प्रकाशन भइसकेका छन् ।
सोमबार राजधानीस्थित वाल्मिकी क्याम्पसमा एक अनौपचारिक जमघटमाझ उक्त कृति सार्वजनिक गरियो । वरिष्ठ कवि एवं साहित्यकार भुवनहरि सिग्देल, उपन्यासकार तर्कना शर्मा, स्वयं कृतिकार वासुदेव पाण्डेय, कवि राजेन्द्र तारकिणी तथा प्रकाशक दीपक नेपालले उक्त कृति सार्वजनिक गरेका हुन्


उक्त क्रममा कृतिकार पाण्डेयले कविता वाचन गरेर सुनाएका थिए । उनले छानिएका कविताहरू नै यस संग्रहमा समाविष्ट गरिएको बताए ।
कविताहरूमाथि वरिष्ठ कवि सिग्देलले संक्षिप्त टिप्पणी गरेका थिए । उनले पाण्डेयका कवितामा गहन भाव रहेको र छन्द संयोजन समेत राम्रो रहेको बताए ।
कवि तारकिणीले जस्तोसुकै विषयलाई पनि टपक्क टिपेर छन्दमा ढाल्न सक्ने खुवी कवि पाण्डेयमा देखिएको भन्दै उनका कवितामा भाव, लय र कलाको उच्च संयोजन रहेको बताए ।
काठमाडौँबाट सम्पादन हाउस प्रा.लि. ले प्रकाशनमा ल्याएको यस कृतिको मूल्य रु १५० रहेको छ ।

Related Posts

तामाङ पत्रकार संघ काठमाडौंमा योन्जन‚ तीन जनालाई अवार्ड
तामाङ पत्रकार संघ काठमाडौं शाखाको तेस्रो अधिवेशन तथा काठमाडौं तामाङ मिडिया अवार्ड कार्यक्रम सम्पन्न भएको छ । बुधबार तामाङ घेदुङको सभाहलमा सम्पन्न अ...
मानिसको जिबन चक्र
–अच्युत मान सिंह प्रधान “उत्सुक” कुमालेको चक्र झै हो, मानिसको जिबन चक्र। घुमि रहन्छ अनि घुमि रहन्छ रोकिन्दैन कहिले। मानिस जन्मन्छ...
सिजन मिडियाद्वारा डा भोला रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड तथा सम्मान’ ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान
काठमाडौैं । सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम...