सरकारी कार्यालयको खर्च कटौती गर्दै मापदण्ड जारी



Published Date:2021-11-07

सरकारले व्यावसायिक प्रयोजनका लागि क्यालेन्डर र डायरी प्रकाशन गरिरहेको सूचना तथा प्रसारण विभागबाहेक अन्य सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न प्रतिबन्ध लगाइएको छ । प्रायः हरेक सरकारी कार्यालय तथा सरकारी निकायले क्यालेन्डर, डायरी र नोटबुक प्रकाशन गर्ने गरेका छन् । खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारले जारी गरेको मापदण्ड, २०७८ मा यस्तो व्यवस्था उल्लेख गरिएको हो । यससम्बन्धमा सरकारले तीन दिनअघि अर्थात् असोज १५ गते राजपत्रमा सूचना जारी गरिसकेको छ । सरकारी कार्यालय भन्नाले संवैधानिक अंग र निकाय, अदालत, मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो मातहतका अन्य सबै निकायलाई भनिएको छ । त्यस्तै संगठित संस्थाका रुपमा रहेका आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद्, विकास समिति, विश्वविद्यालय, महाविद्यालय र अनुसन्धान केन्द्रलाई समेटिएको छ । ती सबै निकायमा सरकारले जारी गरेको मापदण्ड लागू हुने भएको छ । कोभिड रोकथाम, नियन्त्रण, उपचार र खोप खरिदका लागि खर्च व्यवस्थापन गर्न जारी १८ बुँदे मापदण्डमा शिथिल अर्थतन्त्र पुनस्र्थापन गर्न, सहुलियत तथा राहत कार्यक्रम सञ्चालन गर्न अन्य खर्चमा मितव्ययीता अपनाउनुपर्नेमा जोड दिइएको छ । मापदण्डमा विभिन्न किसिमका अनावश्यक पुस्तक खरिदमा समेत रोक लगाइएको छ । पत्रपत्रिकाको हकमा भने कामसँग सम्बन्धित पत्रपत्रिका मात्र खरिद गर्न निर्देशन दिइएको छ 

Related Posts

नेत्रहिन युवा संघको आयोजनमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा सम्पन्न
अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा कान्तिपुर इन्टरनेश्नल कलेजकी छात्रा पोखरेल प्रथम काठमाडौ, साउन २७ । नेत्रहिन युवा संघ नेपालले अन्तरराष्ट्रिय य...
निर्वाचन कार्यतालिका तय असोज २३ मा उम्मेदवारी दर्ता
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असो...
निर्बाचन केन्द्रीत भएर संगठन बिस्तार र प्रशिक्षण कार्यक्रम गर्ने परिवार दलको निर्णय
काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा यहि साउन २२– २३ गते हाइब्रिड (भौतिक तथा अ...