शिखरको सेल मेलामा महिलाको ३ जोडी जुत्ता एक हजारमै



Published Date:2021-11-03

शिखरको भृकुटीमण्डपमा जारी विन्टर सेल मेलामा जाडोका तीन जोडी जुत्ता १ हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ । जाडो सिजनलाई लक्षित गरि सुरु गरिएको मेलामा हामीले जाडोका जुत्ता निकै सस्तोमा उपलब्ध गराएका छौं, मेला मेला संचालक शिखर पियु इन्डस्ट्रिजका राजु उप्रेतीले भने, एक हजारमा तीन जोडी जुत्ता अन्यत्र पाइन्न । शिखरले सुरु गरेको विन्टर सेल मेला तिहारको विदाका दिनमा समेत निरंतर हुने भएको छ । ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ, उप्रेतीले भने । कोरोना महामारीले लामो समयदेखि मेला महोत्सव ठप्प भएको झण्डै दुई बर्षपछि मेला आयोजना गरिएको हो । ‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ, उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पलसमेत राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

Related Posts

परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन शूरु : परिवार दलसँग आगामी निर्बाचनमा सहकार्य हुन्छ :ओली
काठमाण्डौ । नेपाल परिवार दलको तस्रो राष्ट्रिय महाधिवेशन शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा शूरु भएको छ । महाधिबेसनको ने.कपा एमाले अध्यक...
नेपाल परिवार दल तेश्रो राष्ट्रिय महाधिवेशनमहाधिबेसनको तयारी पुरा
महाधिबेसनबाट प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गर्ने तयारी काठमाण्ड...
एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा
नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौ...