बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न परिवार दलको सरकारसँग आग्रह



Published Date:2021-10-20

काठमाण्डौ । नेपाल परिवार दलले बाढीपहिरोपीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाललेबाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई निस्शुल्क उपचारको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेको छ ।

अध्यक्ष ढकालले बाढीपहिरोमा परेर बेपत्ता भइरहेकाहरूको खोजी गर्न आग्रह गदै बाढीपहिरो प्रभावितलाई तत्काल सरकारले राहत प्याकेज घोषणा गर्न आग्रह गरे अध्यक्ष ढकालले बाढीपहिरो प्रभावितको उद्धार कार्यमा जुट्न दलका नेता तथा कार्यकतालाई आवहान समेत गरेका छन् । अध्यक्ष ढकालले बाढी पहिरो लगायत प्राकृतिक प्रकोप जस्ता सङ्कटको घडीमा परिवार दल सदैव जनताको सङ्कट समाधानको लागि जनतासँगै रहेको भन्दै विपत् जोखिम क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन समेत आह्वान गरेको छ ।

Related Posts

परिवार दलको महाधिबेसन सफल बनाउन आवहान गदै पिस फोर्सको शान्ती ¥याली
काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिबेशनको पूर्व सन्धयामा दल निकट पीस र्फोस नेपालले शान्ति ¥याली निकालेको शुक्रबार माईतिघर मण्डला दे...
गोरखाका वामपन्थी नेता खिल बहादुर गुरुङ परिवार दलमा प्रवेश
काठमाडौ । गोरखा सौरपानीका वामपन्थी नेता खिल बहादुर गुरुङ परिवार दलमा प्रवेश गरेका छन्। बुधबार परिवार दलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार...
नेपाल क्वानमुकान कराँत् डो संघको अध्यक्षमा जनक सुबेदी
काठमाण्डौ । नेपाल क्वानमुकान कराँत् डो संघको पाँचौ अधिबेसन सम्पन्न भएको छ । काठमाण्डौमा भएको अधिबेसनले अध्यक्षमा जनक सुबेदीलाई सर्बसम्बत रुपमा चयन ...