मेरो उम्मेदवारी बिदेशमा रहेका सम्पूर्ण नेपाली महिलाको हक अधिकारलाई स्थापीत गर्नको लागि हो ।



Published Date:2021-10-09

जुनु गुरुङ एन.आर.एन.ए आइसीसि महिला फोरम संयोजक उम्मेदवार

काठमाण्डौ । यहि साता काठमाण्डौमा हुने एन आर एन.ए नवौ बिश्व सम्मेलमाजुनु गुरुङ एन आर एन.ए आईसी सी महिला फोरम संयोजक उम्मेदवार दिएकी छन् । एसिया प्यासफिक महिला फोरम संयोजक गुरुङ दक्षिण कोरियामा मात्र नभएर नेपाल लगायत बिभीन्न देशमा नेपालीहरुको हक हितमा लाग्ने ब्यीत्तत्व हुन् । समाजसेवामा रुचि राख्ने गुरुङकसैलाई केही भयो कि तुरुन्त सहगोग गर्न तयार भईहाल्छीन त्यही भएर दक्षिण कोरियाली सरकारले उनलाई मार्नथी सिटीजन सिपले सम्मान गरेको पहिलो नेपाली महिला हुन् । महिला संयोजकको उम्मेदबारीको सन्दर्भभा उनले भनिन्
‘म कुनै लोभले उम्मेदवारी दिएको होइन, म हिजो कुनै पदमै नहुदाँ पनि विश्वभरि रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको समस्याहरू समाधान गर्नका निम्ति सक्रिय थिएँ र भोलि पनि रहनेछु’

गुरुङ यस्ता छन् प्रतिबद्धता
१ महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता एवम् एनआरएनए आइसिसीमा महिला नेत्रृत्वको लागि बिशेष पहल गर्ने ।
२ मजदुर मैत्री एनआरएनए बनाउन पहल गर्ने ।
३ एशिया प्यासिफिक क्षेत्र एबं मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक समस्याहरूलाई समाधान एंव न्यूनिकरण गर्नको लागि बिशेष पहल गर्ने ।
४ विश्वब्यापी महिलाहरुको सञ्जाल विस्तार गरी केन्द्रीय महिला फोरमले ल्याएको एजेन्डाहरू पुरा गर्न सक्रिय रूपमा पहल कदमी गर्ने ।
५ एनआरएनमा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चितताको लागि पहल कदमी गर्ने।
६बिभिन्न बैदेसिक लगानीलाई नेपाल भित्राउन पुलको काम गर्ने एवम् स्वास्थ्य नै धन हो भन्ने कुरालाई सिरोपर गरी कठमाडौंको प्रदुषणलाई केहि हदसम्म भए पनि कम गर्नको लागि अन्तर्राष्ट्रिय वातावरण संरक्षण संघ संस्थाहरूसँग सम्वन्वय गरी बिशेष अभियान सञ्चालन गर्ने ।
७ एसिया तथा मिडलइष्टमा महिला समस्या बढि छ त्यसलाई समाधान गर्ने पहल गर्ने ।

Related Posts

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता
कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प...
खोप लक्ष्य पूरा नहुने संकेत
सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुन...
नेपाल महिला परिवारको बिशेष भेला सम्पन्न
अगामि निर्वाचन अघिनै निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक ः अध्यक्ष ढकाल , बुद्धिमाया पुनको नेतृत्वमा १०१ सदस्यीय केन्द्रिय समिति घोषणा, गायिका प...