सुबिसुको दक्षिणा अफर : ‘इन्टरनेट छ साथमा, दक्षिणा छ हातमा’



Published Date:2021-10-08

नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले यस वर्षको महान चाड बडा दशैंको उपलक्ष्यमा ग्राहकहरुमाझ सुबिसुले “दक्षिणा अफर” ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरुले ५० Mbps इन्टरनेटको वार्षिक सेवा मात्र रु १३९९९ मै प्राप्त गर्न सक्नेछन् भने अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै फाइदा प्राप्त गर्न सक्ने सुविसुले जनाएको छ । यसका साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ–सेवामार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड भने ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ ।

चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर लेराइएको हो । अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुनेछ । सुबिसु केबलनेट लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

Related Posts

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता
कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प...
खोप लक्ष्य पूरा नहुने संकेत
सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुन...
नेपाल महिला परिवारको बिशेष भेला सम्पन्न
अगामि निर्वाचन अघिनै निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक ः अध्यक्ष ढकाल , बुद्धिमाया पुनको नेतृत्वमा १०१ सदस्यीय केन्द्रिय समिति घोषणा, गायिका प...