परिवार दलद्वारा संविधान दिवसको शुभकामना



Published Date:2021-09-19

राष्ट्रिय अर्थव्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा नेपाल परिवार दल सम्पूर्ण नेपाली समुदायमा शुभकामना ब्यक्त गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल मार्फत शुभकामना दिदै संविधान राष्ट्रको मूल कानुन र एक गतिशील दस्तावेज हो ।यस अबधिमा संविधान पालनाको अनुभब र राष्ट्रिय आबस्यकतालाइ ध्यानमा राखी परिबर्तनका उपलब्धिहरुलाई सस्थागत विकास गर्न तर्फ जोड दिनु पर्दछढकालको सन्देशमा भनिएको छ ।
प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने हुदा ूसबै नागरिकलाई समयमै निशुल्क खोपू, ूप्राकृतिक बिपत्ति पिडितलाई तुरुन्त उचित राहतू, ूनेपालको हित केन्द्रित आर्थिक कुटनीतिू तथा ूयुवाहरुलाई रोजगारीको ग्यारेन्टीू जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आबस्यक छ । देशमा पर्ने आर्थिक भारलाई ध्यान दिदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आबस्यक छ। कोभिड (१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक ूराष्ट्रिय अर्थव्यवस्था विकास आयोगू गठन गर्न हामि सरकारलाई सुझाब दिन्छौं। त्यसै गरि आगामी निर्बाचन अघिनै वर्तमान निर्बाचन प्रणालीमा व्यापक सुधार गरि ूप्रत्यक्ष निर्बाचित कार्यकारीू, ूपूर्ण समानुपातिक संसदू लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समुदायको हक अधिकार थप सुनिश्चित गर्न आबस्यक पर्ने सुधारको लागी एक ूसंबिधान सुधार सिफारिस आयोगू गठन गर्न नेपाल परिवार दल सरकार संग अनुरोध गर्दछ ।
संविधान दिवसको अबसरमा नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवारको मान्यतामा हामि अघि बढ्न सकौं र नेपालीको एकता थप बलियो रहोस भन्ने शुभकामना ब्यक्त गरेको छ ।

Related Posts

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न परिवार दलको सरकारसँग आग्रह
काठमाण्डौ । नेपाल परिवार दलले बाढीपहिरोपीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल परिवार दलका अध्यक्ष एव...
अध्यक्ष ढकालद्वारा बडा दशैंको टिका ग्रहण
काठमाडौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बडा दशैंको टिका ग्रहण गर्नु भएको छ। चितवनमा पुगेर दाजु जेठा बाको छोरा शिवप्रसाद ...
नेपाल महिला परिवारको बिशेष भेला सम्पन्न
अगामि निर्वाचन अघिनै निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक ः अध्यक्ष ढकाल , बुद्धिमाया पुनको नेतृत्वमा १०१ सदस्यीय केन्द्रिय समिति घोषणा, गायिका प...