पत्रकार लामामाथि सांघातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग



Published Date:2021-09-19

पत्रकार अमिर लामालाई सांघातिक आक्रमण गर्ने अपराधिक जत्थामाथि कारवाही गर्न पेशागत संगठनहरुले माग गरेका छन् ।पत्रकार लामामाथि यही मंगलबार राति अरपराधिक समूहले काठमाडौंको बागबजारमा कुटपिट गरी घाइते बनाएको थियो ।

नेपाल पत्रकार महासंघको काठमाडौं जिल्ला शाखाले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरेर कुटपिट घटनाको निन्दा गरेको छ । कुटपिटमा संलग्न समूहमा आवद्ध व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई कानूनी कारवाही गर्न शाखाले सम्बन्धित निकायसँग माग गरेको छ ।आक्रमणबाट लामाको टाउको, छातीमा चोट लागेको छ ।
पत्रकार लामा आर्थिक प्लस डटकमका संचालक तथा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका निवर्तमान सहसचिव हुन् ।

Related Posts

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न परिवार दलको सरकारसँग आग्रह
काठमाण्डौ । नेपाल परिवार दलले बाढीपहिरोपीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल परिवार दलका अध्यक्ष एव...
अध्यक्ष ढकालद्वारा बडा दशैंको टिका ग्रहण
काठमाडौ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बडा दशैंको टिका ग्रहण गर्नु भएको छ। चितवनमा पुगेर दाजु जेठा बाको छोरा शिवप्रसाद ...
नेपाल महिला परिवारको बिशेष भेला सम्पन्न
अगामि निर्वाचन अघिनै निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक ः अध्यक्ष ढकाल , बुद्धिमाया पुनको नेतृत्वमा १०१ सदस्यीय केन्द्रिय समिति घोषणा, गायिका प...