परिवार दलद्वारा हरितालिका तीजका अवसरमा शुभकामना



Published Date:2021-09-09

काठमाडौं । नेपाल परिवार दलले हरितालिका तीजका अवसरमा देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिदै नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका भनेका छ । शुभकामना सन्देशमा पौराणिक मान्यता अनुसार भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेको दिन यही हरितालिका तीजको दिन थिय र त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।
आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय, वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप अभिबृद्धि गर्दै समुन्नत समाजको निर्माणमा उत्प्रेरित गरोस् भन्ने शुभकामना गरेका छन् ।
कोभिडको महामारीलाइ ध्यान दिदै सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै यस पर्व मनाउन नेपाल परिवार दल सबैमा अनुरोध गरेको छ ।

Related Posts

पिस फोर्स नेपालको सोलुखुम्बु जिल्ला कमिटी गठन
सोलुखुम्बु जिल्ला सल्लेरीमा एक कार्यक्रमका बिच केन्द्रीय अध्यक्ष श्री रविन्द्र चौलागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मिङमार डोमा शेर्पाको अध्यक्...
सोनाम ल्होसारको अवसरमा परिवार दलको शुभकामना
सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्‍भाव कार्यम गर्न मद्धत पुग्ने काठमाडौं। तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसारको अव...
अध्यक्ष ढकाल र मित्र राष्ट्र गणतन्त्र इस्ट टिमोरकि विदेश मन्त्री बीच भेटबार्ता
नेपाल परिवार दलका अध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र गणतन्त्र इस्ट टिमोरकि विदेश मामिला मन्त्री अदाल्जीज़ा अल्बेर्तिन...