परिवार दल अध्यक्ष ढकाल दिल्ली प्रस्थान



Published Date:2021-09-03

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल शुक्रबार एयर इन्डिया बिमान मार्फत दिल्ली भ्रमणको लागि प्रस्थान गरेका छन् । भारतीय सांसदहरुको निमन्त्रणामा छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा चार दिन रहदा अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित क्षेत्रीय शान्ति तथा सुरक्षा सम्बन्धि कार्यक्रममा सहभागिता जनाउने भ्रमणमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए ।
भ्रमणको क्रममा दुई देशको मित्रता अभिवृद्धि गर्न भारतीय नेताहरुसंग छलफल हुनेछ । ढकाल यही भाद्र २२ गते स्वदेस र्फकने ढकालको सचिवालयले जनाएको छ । दलको केन्द्रीय कार्यसमितिको बैठकले तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेसँगै ढकालले गरेका भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Related Posts

परिवार दलद्वारा संविधान दिवसको शुभकामना
राष्ट्रिय अर्थव्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा नेपाल परिवार दल सम्पूर्ण नेपाली...
पत्रकार लामामाथि सांघातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग
पत्रकार अमिर लामालाई सांघातिक आक्रमण गर्ने अपराधिक जत्थामाथि कारवाही गर्न पेशागत संगठनहरुले माग गरेका छन् ।पत्रकार लामामाथि यही मंगलबार राति अरपराध...
दर्जन युवाद्वारा विभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रवेस
सकारात्मक काम गरेर समाज परिर्वतन गर्ने शक्ति पीस फोर्स हो : अध्यक्ष ढकाल काठमाण्डौ । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देश...