पूर्वमन्त्री ढकालद्वारा नेकपा (एकिकृत समाजबादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता



Published Date:2021-08-28

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । शनिबार भएको भेटमा समसामयीक राजनैतिक परिस्थितिको बारेमा कुरा भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए। तेश्रो महाधिवेशनको संघारमा रहेको परिवार दलले आगामी निर्वाचनमा सशक्त रुपमा सहभागी हुने बताउदै आएको छ। केहि हप्ता अघि मात्रै परिवार दलले २ नम्बर प्रदेशको सबै जिल्लामा उत्पीडित समुदायको लागि राहत सामग्री वितरण गरेको थियो। संबिधान सभामा २ सभासद रहेको नेपाल परिवार दलले गत निर्वाचनमा नेकपा एमालेसंग सम्झौता कार्यान्वयन नगरेको भन्दै निरन्तर आबाज उठाउदै आएको छ । परिवार दलले नेपालको संबिधान मान्ने सबै राजनैतिक दललाई मित्र शक्तिको रुपमा चित्रण गर्दै आएको छ।


भखरै निर्बाचन आयोगबाट मान्यता प्राप्त नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालबीचको भेर्टबातालाई महत्वका साथ हेरिएको छ । यसैबीच परिवार दलको केन्द्रीय समितिको बैठक सोमबार बस्ने बताईएको छ ।

Related Posts

परिवार दलद्वारा संविधान दिवसको शुभकामना
राष्ट्रिय अर्थव्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा नेपाल परिवार दल सम्पूर्ण नेपाली...
पत्रकार लामामाथि सांघातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग
पत्रकार अमिर लामालाई सांघातिक आक्रमण गर्ने अपराधिक जत्थामाथि कारवाही गर्न पेशागत संगठनहरुले माग गरेका छन् ।पत्रकार लामामाथि यही मंगलबार राति अरपराध...
दर्जन युवाद्वारा विभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रवेस
सकारात्मक काम गरेर समाज परिर्वतन गर्ने शक्ति पीस फोर्स हो : अध्यक्ष ढकाल काठमाण्डौ । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देश...