जनता समाजबादी पार्टीको सुदृढीकरण आवश्यक



Published Date:2021-08-17

रित बहादुर श्रेष्ठ ‘कृष्ण’

युवा नेता रित बहादुर श्रेष्ठले दिए आठ सुझाब

समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी एकिकरण गरेर जब जनता समाजबादी पार्टी बन्यो सबै खुशी थिए । मुलुकमा बैकल्पीक राजनीतिक शक्तिको रुपमा उदायएको जसपामा डा.बाबुराम देखि महन्त, उपेन्द्र, अशोक, राजेन्द्र लगायतका नेताहरुको कारण चर्चामा थियो । जसपका आम नेता कार्यकर्तादेखि सम्पूर्ण नेपाली जनता खुशी थिए । तर केही महिना पश्चात् देखि आन्तरिक कलह, द्वन्द, खटपट शुरु भयो । जव तत्कालीन ओलि सरकारले दल विभाजन गर्न सजिलो हुने अध्यादेश ल्यायो तब केही समय पछि प्रतिगमन अग्रगमनको नाममा छताछुल्ल हुन थाल्यो ।
जसको कारण जसपामा यादव – भट्टराई र ठाकुर – महतो समूहको कार्यकारिणी वैठक छुट्टाछुट्टै शुरु भई एकले अर्कालाई कारवाहिको शृङ्खलादेखि ठाकुर – महतोको १८ दिने सरकार यात्रा गरे । दलको आधिकारीताको लागि दुबै पक्ष निर्वाचन आयोगमा निबेदन नै दिए । बार्ता छलफलको माध्यमबाट समाधान खोज्नुपर्नेमा दुबै पक्षले यसलाई महत्व दिएनन् ।
जव निर्वाचन आयोगले श्रावण ११ गते ५१ जना कार्यकारिणी सदस्यहरुलाइ स–शरीर उपस्थित गराई हस्ताक्षर प्रामाणिकरण गरायो ।उक्त हस्ताक्षर प्रमाणीकरणमा यादव– भट्टराई पक्षमा ३४ र ठाकुर पक्षमा १६ हुदाँ जेलमा रहेका रेशम लाल चौधरी तटस्थ बसे । दुइतिहाइ सदस्य हस्ताक्षर भएकोले यादव– भट्टराई पक्षलाई निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता दियो ठाकुर – महतो पक्ष दलविहिन बन्न पुगे । निर्वाचन आयोगको निर्णय चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा ठाकुर–महतो पक्षले रिट हाल्यो तर निर्वाचन आयोगको निर्णयलाई नै मान्यता दिई अन्तरिम आदेश दिन अस्विकार गरेको छ । पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाए पछिको पहिलो बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएको बैठकले यी कार्यहरु गर्न जरुरी छ ।
सघिय परिषद खारेज गरौ :जसपा अन्तरिम विधान परिच्छेद ४ अन्तर्गत धारा ११ उपधारा २ मा रहेको संघिय परिषद खारेज गरौ । पार्टीमा संकट आइपर्दा पनि न कुनै वैठक बस्न सक्ने न सल्लाह सुझाव मागिने न दिन पाइने यस्तो केन्द्रीय संरचनाको आवश्यकता छैन । प्रारम्भिक कमिटिको जति पनि हैसियत नभएको संरचना खारेज गरौ हैन भने परिस्कृत गरौ, चलायमान बनाऔ, सुदृढीकरण गरौ ।
केन्द्रीय समितीलाई शक्तिशाली बनाऔ :आम जनताले चिन्ने, निर्वाचन आयोगले मान्ने, पार्टीमा संकट , उथुलपुथुल आउदा वा पार्टी सुदिढृकरण लगायत महत्वपूर्ण निर्णय गर्नका लागि केन्द्रिय सदस्यहरुको गरिमालाई उच्च राख्नका लागि केन्द्रिय समितिलाई महत्वपूर्ण र शक्तिशाली बनाऔ ।
केन्द्रिय कार्यकारिणी समितीलाई पदाधिकारीमा रूपान्तर गरौ :पार्टीलाई चुस्त दुरुस्त चलायमान बनाउनका लागि एक अर्का प्रती भातृत्वभाव शैलिमा कार्य सम्पादन गर्न केन्द्रिय कार्यकारिणी समितिलाई यथाशिघ्र पदाधिकारिमा रुपान्तरण गर्न ढिला नगरौ ।
जसपा विधान धारा ५९ लाई पुर्णरुपमा लागू गरौ : जसपा विधानको धारा ५९ मा “एक व्यक्ती एक पद“ राखिएको छ जस्को व्याख्या यसरी गरिएको छ । पार्टीको सामान्यतः एक व्यक्ती एक प्रमुख जिम्मेवारीको नीति लिनेछ । पदेन बाहेक माथिल्लो समितिका व्यक्तिहरु तल्लो समिती र तल्लो समितिका व्यक्तिहरु माथिल्लो समितिमा रहन पाउने छैनन ।
विधानमा यति प्रष्ट हुदाहुदै एकैजनामा दोहोरो तेहेरो जिम्मेवारी दिदाँ लिदा प्रतिफल शून्य आउने भएकोले पार्टी संगठनलाई चुस्त दुरुस्त राखी चलायमान बनाई प्रगतिशील बनाउन निस्संदेह जसपा विधान धारा ५९ पुर्णरुपले लागू गरौ ।
व्यक्ति प्रधान हैन, नीति प्रधान बनाऔ : कहिलेकाहीँ व्यक्तिमा सनक, घमण्ड, उन्माद आउन सक्छ । प्रतिगमन सोच आउन सक्छ । म नै संसार, म नै सृष्टि, म नै ब्रह्माण्ड हो भन्ने एकतर्फी सोच आउन सक्छ यदि यस्तो भयो भने पार्टी विग्रीन सक्छ । विघटन तर्फ उन्मुख हुनसक्छ यसकारण पार्टी सुदृढ बनाउदै देशलाई नेतृत्व प्रदान गर्न सक्ने सशक्त पार्टी बनाउन व्यक्ति प्रधान हैन नीति प्रधान बनाऔ ।
कार्यालयहरुलाई प्रविधिमैत्री बनाऔ : २१ औ शताब्दी सुचना प्रविधिको युग भएकोले केन्द्र देखि वडा कार्यालयसम्म प्रविधिमैत्री पार्टी कार्यालय व्यवस्थापन गरौ अझ केन्द्रीय कार्यलयले पार्टीको आफ्नै सफ्टवेयर , पार्टी एप लगायत पछिल्लो समयमा विकसित प्रविधिलाई भित्रयाई प्रविधिमैत्री बनाऔ । कार्यालयलाई फ्री वाईफाई क्षेत्र बनाऔ ।
विभागहरुलाई चलायमान बनाऔ :पार्टी संञ्चालनमा सहजता र चलायमान बनाउनकै लागि विभागहरु गठन गरिने भएकोले यस्ले गर्ने कार्यहरु क्यालेन्डर नै बनाएर निरन्तर रुपमा अगाडि बढाउने गरि विभागहरुलाई चलाएमान बनाऔ ।
भातृसंगठनहरुलाई पार्टीको मेरुदण्ड बनाऔ
: कुनैपनी पार्टी बलियोसँग उभिन भातृसंगठनको महत्वपुर्ण भूमिका हुन्छ । यस संगठनलाई पोखरीमा जमेको पानी जस्तो हैन निरन्तर कन्चन पानी बगिरहने नदि जस्तो बनाउनुपर्छ । संगठनमा पद ओगोटेर बस्ने, सिन्को नभाच्नेहरुलाई बेलैमा पहिचान गरि “सहि व्यक्ति सहि स्थान“ को नितिलाइ आत्मसात गर्दै कर्मठ, जुझारुहरुलाई जिम्मेवारी प्रदान गर्दै पार्टीलाई अझ ससक्त रुपमा चुस्त दुरुस्त र चलायमान बनाउन भातृसंगठनहरुलाई पार्टीको मेरुदण्ड बनाऔ ।

अन्तमा, जसपालाई देशकै पहिलो तथा देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउन संगठन सुदृढीकरणको साथसाथै नेता, कार्यकर्ताको आचरण, अनुशासन, कार्यशैली , क्षमता अभिवृद्धि , सुदृढीकरण गर्न तर्फ जोड दिनुपर्छ । पार्टीको आफ्नै पाठ्यक्रम तयार पारी तहगत रुपमै प्रशिक्षण प्रदान गरि नेता, कार्यकर्तालाई प्रखर बनाइनु पर्दछ । जय मातृभूमि ।
(लेखक रित बहादुर श्रेष्ठ ‘कृष्ण’ जनता समाजबादी पार्टीका संघिय परिषद सदस्य तथा युवा नेता हुन् )

Related Posts

धर्म सम्बन्धी कसुर र सजाय
बिष्णु निश्चल पछिल्लो समय धर्म परिर्वन गर्नेक्रम तिब्र रुपमा बढेको बिभिन्न अध्यनहरुले देखाएका छन् आखिर मानिसले धर्म परिर्वतन किन गर्छन त । धर्म भन्...
ज्यान सम्बन्धी कसूर र सजाय
बिष्णु निश्चल मुलुकी अपराध संहिता, २०७४ मा ज्यान सम्बन्धी ९ वटा कसूर सजायको बारेमा व्यवस्था गरिएको छ । नेपालको कानून अनुसार जन्मकैदसम्मको सजाय हुने...
यसकारण हुन सक्छ संसद पुनस्र्थापना
बिष्णु निश्चलसंविधानमा प्रतिनिधिसभाको कार्यकाल ५ बर्षे हुने भनेर स्पष्ट रुपमा तोकिएको अबस्थामा यसरी हठात् रुपमा पटकपटक कुनै ब्यक्तिको सनकका भरमा वि...