धर्म सम्बन्धी कसुर र सजाय



Published Date:2021-08-10

बिष्णु निश्चल
पछिल्लो समय धर्म परिर्वन गर्नेक्रम तिब्र रुपमा बढेको बिभिन्न अध्यनहरुले देखाएका छन् आखिर मानिसले धर्म परिर्वतन किन गर्छन त । धर्म भन्नाले हामीले असल काम, परोपकारी काम र सकारात्मक काम हो भन्ने बुझने गरेपनि यो ईश्वरसित जोडिएको शब्द पनि हो । धर्म मानिसको आस्था र विश्वाससित सम्बन्धित छ । चाहे ईश्वरलाई पाउने उद्देश्यले होस् या पुन्य कमाउने उदेश्यले होस मानिसले क्षणक्षणमा धर्म गर्नुपर्छ भनेर सोचिरहेको हुन्छ । धर्मका अनुयायीहरूका बीचमा अनेक विवाद, द्वन्द्व र झैझगडा हुने गर्छ । हिन्दु आस्थामा धर्म भन्नाले त्यो व्यवस्थालाई जनाउँछ, जसबाट प्राणी र ब्रह्माण्डको सम्बन्ध कायम भएको छ । बुद्ध आस्थामा धर्मले ब्रह्माण्डको नियम, कानुनलाई बुझाउँछ ।
‘नेपालमा ‘नेपालको संविधान २०७२’, धारा २६ ले प्रत्येक नागरिकको आस्था अनुसारको धर्म अभ्यास गर्न पाउने अधिकार दिएको छ । नेपालको संविधानको धारमा २६ मा ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नोे आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने’ उल्लेख छ । तर, उपधारा ३ ले ‘कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार’लाई दण्डनीय मानेको छ । ‘यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ,’ उपधारा ३ मा भनिएको छ ।
कानुनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को १५५ देखि १५९ सम्म धर्म सम्बन्धी कसूरको बारेमा भनिएको छ । धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ । (३) विदेशीले उपदफा (१) बमोजिमको कसूर गरे वा गराएकोे रहेछ भने उपदफा (२) बमोजिमको कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनु पर्नेछ ।
धार्मिक भावनामा आघात पुर्याउन नहुनेः (१) कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुनेः (१) कसैले सनातनदेखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलार्ई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
धर्म परिवर्तन गराउन नहुनेः (१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन । (२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन । (३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ । (४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ । हदम्यादः दफा १५८ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएकोे मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
हुन त केही समय अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेका भन्दै धर्म, संस्कृति र परम्पराको आधारमा एकताबद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउँदै लगेको तर्क गरे । यस्ता प्रश्नहरु बेला बेलामा राजनीतिक दलहरुले उठाउने गरेका छन् । बिश्वमा अहिले पनि र्धमको नाम द्धन्द हुने गरेको छ । बिश्वका प्रमुख धर्महरुमा क्रिश्चियन, इस्लाम, हिन्दू , चिनीया , बौद्ध , शिख यहुदी ,बहाई ,जैन,शिन्थो ,फारसी धर्म रहेका छन् ।

Related Posts

परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन शूरु : परिवार दलसँग आगामी निर्बाचनमा सहकार्य हुन्छ :ओली
काठमाण्डौ । नेपाल परिवार दलको तस्रो राष्ट्रिय महाधिवेशन शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा शूरु भएको छ । महाधिबेसनको ने.कपा एमाले अध्यक...
नेपाल परिवार दल तेश्रो राष्ट्रिय महाधिवेशनमहाधिबेसनको तयारी पुरा
महाधिबेसनबाट प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गर्ने तयारी काठमाण्ड...
एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा
नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौ...