गायक तथा संगितकार राज सागर मुख्य निर्णायक रहेको हाम्रो प्रतिभा आइडल–२०२१’ को उपाधि इलामकी सम्झना राईले जितिन्



Published Date:2021-07-26

काठमाडौं – भरचुवल माध्यमबाट भएको हाम्रो प्रतिभा आइडल–२०२१’ उपाधी इलामकी सम्झना राईले जितेकी छन् । आईतबार साझ भएको फाईनलमा ४ जना प्रतिस्प्रधीलाई उछिन्दै राईले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी छन् ।
करिब दुई महिना अघि बाट अनलाई गायन प्रतियोगिताको रुपमा सुरु भएको यस प्रतियोगितामा ७९ जना ले भाग लिएका थिए । विभिन्न चरण हरू पार गर्दै ५ जना फाइनलमा पुगेका थिए । प्रतियोगितामा प्रमुख निर्णायकको भूमिका गायक तथा संगीतकार राज सागरले निभाएका थिए ।

जनवादी गायक प्रदिप देवान, गायिका माण्डवि तृपाठि, वरिष्ठ गायक तथा अभिनेता जयनन्द लामा, वरिष्ठ गायक लाक्पा शेर्पा, गायिका सुरक्षा सेन्चुरी, गायिका सिर्जु अधिकारी लगायत कलाकार हरूको हरेक साता उपस्थिति रहेको थियो । आईतबार ग्रान्ड फिनालेमा भने वरिष्ठ गायक याम बराल, गायक कमल खत्री साथै प्रमुख निर्णायक राज सागरको उपस्थितिमा सम्पन्न भएको थियो ।
त्यसैगरि झापाकी तृष विस्ट, इलामका विजय भण्डारी, झापाका अर्पण उप्रेती साथै स्याङ्जाका विशाल रानाभाट दोस्रो, तेस्रो चौथो र पाँचौँ भएका छन । प्रतियोगीहरूलाई पुरस्कार स्वरुप नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमको उद्घोषण आशिष शाह ठकुरि साथै वर्षा भट्टले गरेका थिए भने कार्यक्रम व्यवस्थापन प्रविण श्रेष्ठले गरेका हुन ।

Related Posts

सिजन मिडियाद्वारा डा भोला रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड तथा सम्मान’ ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान
काठमाडौैं । सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम...
परिवार दलद्वारा हरितालिका तीजका अवसरमा शुभकामना
काठमाडौं । नेपाल परिवार दलले हरितालिका तीजका अवसरमा देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त...
गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक
वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ । गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ । भिडियोमा वरिष्ठ अभिनेता एवं क्...