लामो दूरीका सवारीसाधन चल्ने



Published Date:2021-07-23

काठमाण्डौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

गृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डको पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालनमा सहजीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन भएको बताए ।

Related Posts

परिवार दल निकट पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको भातृ संगठन पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल परिवार ...
बिश्व शान्तिको लागी कदमः कोरियाली प्रायद्वीपको मेलमिलाप र सहकार्यमा केन्द्रित
थिंक ट्यांक २०२२ ¥याली अफ होप कार्यक्रम सम्पन्न राष्ट्र आर्थिक र आत्मिक दुबै रुपमा बलियो हुनुपर्छ ः अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कोरियाल...
निको भएका बिरामीमा पोस्ट कोभिड, देखिन्छन् यस्ता लक्षणहरु
कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो ...