बढ्न थाल्यो कोरोना सङ्क्रमण



Published Date:2021-07-17

कोरोना ९कोभिड–१९०को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ ।

तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसीआर र ४७ हजार ७९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ५०६ पुगेको छ ।

Related Posts

वडा कार्यालयका सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण सम्पन्न गर्छौैँः मेयर शाक्य
वडा २१ कार्यालय भवन शिलान्यास ः २ करोड ६ लाख ९० हजार लागत काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा २१ कार्यालय भवन शिलान्यास...
थपिए ३,४२१ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु
केहिंदिन यता कोरोना संक्रमितको सख्यामा ओरालो लागेको आज एकै दिन ३ हजार ४२१ जनामा कोरोना संक्रमण दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार...
लामो दूरीका सवारीसाधन चल्ने
काठमाण्डौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको...