राष्ट्रिय सवालमा बृहतर सहमति गरेर अघि बढ्न प्रधानमन्त्री देउबालाई परिवार दलको आग्रह



Published Date:2021-07-17

सर्बोच्च अदालतको फैसलाको कार्यान्यनले लोकतन्त्र थप बलियो : परिवार दल

काठमाडौं । नेपाल परिवार दलले नेकपा एमालेका अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित सर्बोच्च अदालतको फैसला स्वीकार गरि सत्ता हस्तान्तरण गर्नुले नेपालको लोकतन्त्र थप बलियो भएको बताएको छ। परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक संजाल मार्फत पार्टीको धारणा सार्बजनिक गर्दै देशकै ठुलो राजनैतिक दलले आफ्नो असहमतिको बाबजुत पनि अदालतको निर्णय कार्यन्वयन गरेर अघि बढ्नुले दिगो शान्ति र संबैधानिक सर्बोच्चताको राम्रो नजिर स्थापित गरेको जनाएको छ । अध्यक्ष ढकालले सार्बजनिक महत्वको राष्ट्रिय सवालमा बृहतर सहमति कायम गरेर अघि बढ्न प्रधानमन्त्री शेर बहादुर देउबा र सरकारी गठबन्धनका राजनैतिक दलहरुलाई आग्रह गरेको छ। प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने भन्दै परिवार दलले ूसबै नागरिकलाई समयमै निशुल्क खोपू, ूप्राकृतिक बिपत्ति पिडितलाई तुरुन्त उचित राहतू, ूनेपालको हित केन्द्रित आर्थिक कुटनीतिू तथा ूयुवाहरुलाई रोजगारीको ग्यारेन्टीू जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आबस्यक रहेको परिवार दलले जनाएको छ ।


देशमा पर्ने आर्थिक भारलाई ध्यान दिदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी कायम गर्न परिवार दलले सुझाब दिएको छ। कोभिड (१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक ूराष्ट्रिय अर्थव्यवस्था विकास आयोगू गठन गर्न सरकारलाई परिवार दलले सुझाब दिएको छ। त्यसै गरि आगामी निर्बाचन अघिनै वर्तमान निर्बाचन प्रणालीमा व्यापक सुधार गरि ूप्रत्यक्ष निर्बाचित कार्यकारीू, ूपूर्ण समानुपातिक संसदू लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन आबस्यक पर्ने सुधारको लागी एक ूसंबिधान सुधार सिफारिस आयोगू गठन गर्न पनि परिवार दलले माग गरेको छ ।

Related Posts

परिवार दल धनकुटा अध्यक्षमा लाल बिक्रम थापा
सुनसरी । नेपाल परिवार दलको धनकुटा जिल्ला समन्वय समितीको जिल्ला संयोजकमा लाल बिक्रम थापालाइ नियुक्ति गरिएको छ । दलका केन्द्रीय सदस्य एवम प्रदेश सचीव...
युपीएफ नेपालको संयोजनमा २५ परिवारलाई खाधान्य सहयोग
काठमाण्डौ । युनीर्भसल पीस फेडेरेसन नेपालले २५ परिवारलाई खाधान्य सहयोग गरेको छ । आज आयोजित एक समारोहका बीच युपीएफ नेपालका अध्यक्ष एकनाथ ढकालले ती पर...
संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नु पर्छ : अध्यक्ष ढकाल
जन्मदिनको अवसरमा ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग धादिङ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका ध...