एक्लै पनि यात्रामा जान सकिने स्थान तारेभीर



Published Date:2021-07-11

तारेभिरको फेदीमा रहेको वस्तीबाट काठमाडौं उपत्यका छर्लङ्गै देखिन्छ । तारेभीर चढ्दै गर्दा सल्लाघारीमा चराचुरुङ्गीको चिरबिरले यात्रा रोमाञ्चक बनाउँछ भने थकानको महसुस गर्न नै दिदैन
बिष्णु निश्चल
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका बासिन्दाका लागि हाइकिङका लागि उपयुक्त धेरै ठाउँहरु मध्ये उत्कृष्ठ गन्तब्य मध्येको एक हो तारेभीर काठमाडौंको जिल्लाको गोकर्णेश्वरमा रहेको तारेभीर यतिबेला सबैको लागि आकर्षणको केन्द्र बन्न थालेको छ ।


धेरै पहिले बाट तारेभिरको यात्रा गर्ने भन्ने मनमा भएपनि यात्रा गर्ने अवसर जुरेको थिएन । तर असार २७ गते सनिबार मित्र रबिन श्रेष्ठले तारेभिर धुम्न जाउँ भन्ने प्रस्ताब गरे पछि बिहान एक्कासी बनेको योजना अनुसार ४ जना तारेभीरको यात्रामा निस्कियौ । तर घरायसी कामको कारण रबिन भने यात्रामा जान पाएनन तर म , सन्तोष बस्नेत , लोक बहादुर बिष्ट र निरज भण्डारी भने झम झम पानी परिरहेको भए पनि समय घरभित्रै बस्दा दिक्क लागेकाले फ्रेस हुन्् हाइकिङ आनन्द लिदै बुढानिलकष्ठ न.पा १० बालुवाखानी चोकबाट तारेभिरको यात्रामा लम्क्यौ । पानी परे दुई छाताको सहारामा हामी चार जना पानीको परवाह नगरी तारेभिरको पुग्ने उदेश्य सहित हिडीयो ।


बाटोमा हिडदै गर्दा समसामयिक राजनीति बिषय तथा कोभिड र फुटबलको कुरा गदै गर्दा तारे भिर पुग्न धेरै समय नै लागेन । बाटोमा देखिएका चारैतिरको सुन्दर दृश्यले सबैको मन लोभ्याउने छ । पछिल्लो सयम तारेभीरमा घुम्न, पिकनिक, टिकटक भिडियो बनाउन जानेको भीड लाग्ने गरेको छ।तारेभीरको प्रकृतिको मनोरम दृश्यसँगै स्वास्थ्यका लागि पनि मानिसहरु जाने गरेको देखिन्छन् ।
शनिबारको दिन काठमाडौँबाट सामाजिक दुरी पालना गर्दै पैदल यात्रा गरेको देखियो ।

बुढापाखादेखि लिएर बच्चाहरु परिवारसहित त्यहाँ पिकनिक मनाउँन जाने गरेका छन् । अरु बेला पनि चहलपहल हुने ठाउँ विशेष गरि शनिबारका दिन धेरै भीड हुने गरेको छ । ठाउँ ठाउँमा जन्म दिन मनाइरहेको दृश्यले सबैलाई आर्कषित गरिरहेको थियो ।


हुन त काठमाडौंको उत्तरी भेगमा पर्ने डाँडा तारेभीरको । शिवपुरी राष्ट्रिय निकुञ्जकै एक भाग हो तारेभीर । जहाँबाट देखिन्छ घना बस्तीले घेरिएको गञ्जागोल काठमाडौं, अर्को कृषि कर्ममा व्यस्त रमणीय काठमाडौं । नामजस्तै कहालीलाग्दो भीरकै कारण यो स्थान चर्चित छ ।


तारेभिरको फेदीमा पुगी तामाङ बस्तीमा पाइने स्थानीय परिकारमा रमाउन सकिन्छ । साथै पुरै काठमाडौंको दृष्यपान गर्न सकिन्छ । यात्रामा सहभागि सन्तोष बस्नेतले तारेभिर पुगेपछि भने यहाबाट काठमाडौं नियाल्दा बेग्लै आनन्द आउँछ । पहिलो पटक तारेभिर पुगेका उनले अव समयमिले सम्म र आफु र परिवार नै लिएर तारेभिर आउने बताए ।


बालुवाखानीबाट दुई घण्टा जाँदा र फर्कंदा डेढ घण्टा यो रुटलाई छुट्याउनु पुग्ने रहेछ तारेभीरमा कति समय बिताउने, त्यो भने तपाईको अनुकुलतामा भर पर्छ । बुढानीलकण्ठबाट उकालो चढ्दै गर्दा नागीगुम्बा पनि पुग्न सकिन्छ ।
पैदल यात्रा गर्नुअगाडि केही खाएर उकालो लाग्ने मुडरहेका हामीले गाम्चामा पुगरे सामान्या खाजा खायौ र उकालौ लागियो । तारेभिरको जानकार निरज भण्डारी भएकाले हामीलाई केही कुरा नयाँ देखियो की हामी सोधिहाल्थ्यौ र बहाँ सहजै हामीलाई जवाफ दिनु हुन्थ्यो ।
मलाई भने लामो बाटो एकै पटक नहिडेकोले अलि असहज महशुस भयो । बाटोमा बिस्तार बस्तै बस्तै गन्तब्यमा पुगियो हामी मध्ये पाका लोक बहादु बिष्ट सरको रोमान्टीक कुराले दुखाईको महसुस हुनै दिएन ।


बर्षातको समय भएकोले बाटो अलि अप्ठयारोनै छ । तारेभीर गन्तब्य बनाएपछि सो स्थानमा तामाङ वस्ती पुगिन्छ । त्यसैले गन्तब्यमा खानाको चिन्ता भने हुने छैन । तारेभीर पुगिसकेपछि भने स्थानीयले न्यायो आतिथ्यसहित खानाको व्यवस्थापन गरिदिन्छन् । लोकल भालेको झोलसँग ढिँडोको स्वादमा या खाना खाने त्यो रोजाई आफनै हो । हामी भने रमणिय दृष्य हेदै त्यसलाई मोबाईलमा कैदै गदै अगाडि बढिरहयौ ।


तारेभीरमा करिब २०० जति घर–परिवार बस्छन् । त्यसमध्ये तामाङ जातीको बाहुल्य छ । आफ्नो इच्छाअनुसारको परिकार अर्डर गरी निश्चित सेवाशूल्क तिरेर खाना खान सकिन्छ । तारेभीर उक्लदैं गर्दा जब बस्ती शुरु हुन्छ लोकल भदिराको गन्ध आउँच । मदिरा पिउनेहरुका लागि भने यो हरहर बास्ना हो । तारेभीरको विशेषता लोकल रक्सी पनि हो । कोदो, गहुँजस्ता अन्नबाट तयार पारिएको रक्सी किन्नकै लागि हाइकिङ जानेहरु समेत यहाँ भेटिन्छन् ।
यात्रामा मूख्य आकर्षण तारेभीर नै हो । स्थानीयहरु यसलाई बाँदर पनि लड्ने भीरका रुपमा चित्रित गर्छन् । यो भिर निकै डरलाग्दो छ । भीरको काखमा ठूल्ठूला चट्टानको बीचमै छ बस्ती छ तारेभीर चढ्न भने सकिँदैन् । यसको फेदीमा रहेको वस्तीबाट काठमाडौं उपत्यका छर्लङ्गै देखिन्छ । त्रिभुवन विमानस्थल त आँखै अगाडि पर्छ । विमानस्थलमा जहाजहरुको उडान अवतरणदेखि शहरका ठूल्ठूला संरचना अवलोकन गर्दै रमाउन सकिन्छ । तारेभीर चढ्दै गर्दा सल्लाघारीमा चराचुरुङ्गीको चिरबिरले यात्रा रोमाञ्चक बनाउने छ ।

तारेभीर यस्तो गन्तब्य हो, जहाँ गर्मी महिनामा जंगलबाट आउने शीतल हावामा रमाउन सकिन्छ भने जाडो महिनामा पारिलो घाम लाग्छ । परिवार, साथीभाई वा एक्लै पनि यात्रामा जान सकिने स्थान हो तारेभिर तर खानी तथा भूगर्भ विभागका अनुसार दक्षिणपट्टि फर्किएको तारेभीरका ठूला चट्टान पाँच ठाउँमा चर्किएका छन्, चर्किएको चट्टान जतिबेला पनि खस्न सक्ने भएकाले भीरदेखि निकुञ्जमुनिको सडकसम्मको क्षेत्रलाई खतरा क्षेत्र घोषणा गर्नपर्ने तर्क पनि छ । जे होस काठमाण्डौको उकुस मुकुस बाताबरणबाट मुक्तिपाउनको लागि पनि नजिकै र उत्कृष्ठ गन्तब्य स्थल हो तारेभिर ।

Related Posts

वडा कार्यालयका सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण सम्पन्न गर्छौैँः मेयर शाक्य
वडा २१ कार्यालय भवन शिलान्यास ः २ करोड ६ लाख ९० हजार लागत काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा २१ कार्यालय भवन शिलान्यास...
थपिए ३,४२१ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु
केहिंदिन यता कोरोना संक्रमितको सख्यामा ओरालो लागेको आज एकै दिन ३ हजार ४२१ जनामा कोरोना संक्रमण दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार...
लामो दूरीका सवारीसाधन चल्ने
काठमाण्डौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको...