मनसुन सक्रिय बन्यो : देशभर भारी वर्षा हुने



Published Date:2021-06-13

नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आज बिहानसम्म देशभर सक्रिय बनेको छ ।

नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून सक्रिय रहँदा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।

हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा मनसुनी वायु, स्थानीय वायु र पश्चिमी वायुको मिश्रित प्रभावले ठाउँ ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मनसुन देशैभर सक्रिय हुँदै जाँदा अबको तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम मंगलबारसम्म जारी रहने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो ।

Related Posts

वडा कार्यालयका सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण सम्पन्न गर्छौैँः मेयर शाक्य
वडा २१ कार्यालय भवन शिलान्यास ः २ करोड ६ लाख ९० हजार लागत काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा २१ कार्यालय भवन शिलान्यास...
थपिए ३,४२१ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु
केहिंदिन यता कोरोना संक्रमितको सख्यामा ओरालो लागेको आज एकै दिन ३ हजार ४२१ जनामा कोरोना संक्रमण दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार...
लामो दूरीका सवारीसाधन चल्ने
काठमाण्डौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको...