प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज



Published Date:2021-06-09

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज बुधवार हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमवार समस्या देखिएपछि सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतवार गठन गरी सुनुवाइ शुरू गरेर हेर्दाहेर्दैमा सोमवारका लागि राखिएको थियो ।

प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधवारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । विवादमा ३० रिट निवेदन परेका छन् ।

मन्त्रिपरिषद्को जेठ ८ गतेको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

Related Posts

अस्थिरताको खेतीमा लागेको पाँच पूर्व प्रधानमन्त्रीको आरोप
पाँच पूर्व प्रधानमन्त्रीहरुले कोरोना महामारी रोक्न नलागी प्रधानमन्त्री केपी शर्मा ओली सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेतीमा लागेको आरो...
मनसुन सक्रिय बन्यो : देशभर भारी वर्षा हुने
नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आज बिहानसम्म देशभर सक्रिय बनेको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने ग...
बालुवाटरमा प्रदर्शन गर्ने नागरिक अगुवामाथि धरपकड
सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध ...