सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त



Published Date:2021-06-08

सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत मात्रै परेको छ ।

भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमाले माधव समूहका १७ जनाले मत हालेका छन् । कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना, जसपाका २ जना काँग्रेसका १२ जना सांसदले मत हालेनन् ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।

नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ ।

मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने कांग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो ।

Related Posts

अस्थिरताको खेतीमा लागेको पाँच पूर्व प्रधानमन्त्रीको आरोप
पाँच पूर्व प्रधानमन्त्रीहरुले कोरोना महामारी रोक्न नलागी प्रधानमन्त्री केपी शर्मा ओली सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेतीमा लागेको आरो...
मनसुन सक्रिय बन्यो : देशभर भारी वर्षा हुने
नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आज बिहानसम्म देशभर सक्रिय बनेको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने ग...
बालुवाटरमा प्रदर्शन गर्ने नागरिक अगुवामाथि धरपकड
सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध ...