विद्युतीय सवारी साधनको वढोत्तरी हुने :यातायात ब्यबसायी थापा



Published Date:2021-06-01

विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गरेकोमा सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेष बहादुर थापाले सरकारले बिगत तीन बर्षदेखी आफुले उठाउँदै आएको माग सम्बोधन गरेकोमा खुशी ब्यत गरेका छन् ।
सुन्दर ट्रेडर्स प्रालि मार्फत बिज्ञप्ति जारी गदै थापाले नेपाल सरकारको तर्फवाट आ.व. २०७८÷०७९ को वजेटमार्फत् वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव नियन्त्रण गर्न र स्वच्छ एवं वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने उद्वेश्यले विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गर्ने र त्यसका लागि २०८८ सम्म पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएकोमा हामी हार्दिक स्वागत गर्दछौं ।
थापा दारा जारी बिज्ञप्तिमा भनिएको छ सरकारको यो नीतिले पेट्रोलियम पदार्थको अत्यधिक आयात रोक्न र विद्युत् उपभोग बढाउन सहयोग पुग्ने विश्वास हामीले गरेका छौं ।
विगत तीन वर्षदेखि नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारी सञ्चालन गर्दै आएको सुन्दर यातायात प्र.लि.ले पटक पटक उठाउँदै आएका मागहरु विद्युतीय सवारीको आयातमा लगाइएको अन्तःशुल्क खारेज गर्नुपर्ने र भन्सार महसुल घटाउनुपर्ने कुराको सम्वोधन यो पटक हुनुले अव निकट भविष्यमै विद्युतीय सवारी साधनको वढोत्तरी हुने विश्वास गर्न सकिन्छ ।
बिज्ञप्तिमा भनिएको छ सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गरेमा पाँच वर्षसम्म नवीकरण शुल्क र सडक निर्माण तथा सम्भार दस्तुरसमेत छुट दिने भएको छ ।
यसका साथै विद्युतीय सवारी साधन उत्पादन एवं एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट कम्पनीलाई उद्योग स्थापना गर्न आकर्षित गर्नका लागि कर सहुलियतका अतिरिक्त आवश्यक पर्ने जग्गा सरकारले निःशुल्क लिजमा उपलब्ध गराउने नीतिले हामीलाई थप उत्साहित वनाएको छ । यसवाट स्वदेशमै रोजगारी सिर्जना गर्न र सवारी साधनलाई सुपथ वनाउन पनि सहयोग पुग्ने हाम्रो विश्वास छ थापा द्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

Related Posts

अर्चना सर्जिकल सप्लायर्सद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाण्डौ । त्रिपुरेश्वरमा रहेको अर्चना सर्जिकल सप्लायर्सले एकला पचास हजार बराबरको स्वास्थय सामग्री सिन्धुलीका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको...
उत्साहप्रद र जपपक्षीय बजेट छ, सबै मिलेर कार्यान्वयन गरौँ : अध्यक्ष ढकाल
आकार ठूलो, तर स्रोत जुटाउने आधार भरपर्दो नदेखिएको भन्दै अध्यक्ष ढकालले बजेटले भौगोलिक, क्षेत्रीय तथा बर्गीय रुपमा सन्तुलनमा दिन नसकेको बताए काठमाडौ...
इसेवासँगको सहकार्यमा रिचार्जरमा ९९९ मा पल्स अक्सिमिटर
काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई-सेवासँगको सहकार्...