नयाँ संविधानले ग्रामिण क्षेत्रका नेपालीको मुहारमा खुसि छर्न सक्नु पर्छ :अध्यक्ष एकनाथ ढकाल



Published Date:2021-05-29

गणतन्त्र दिवसमा परिवार दलद्वारा शुभकामना

१५ जेठ, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नयाँ संविधानले ग्रामिण क्षेत्रका नेपालीको मुहारमा खुसि छर्न सक्नु पर्ने बताएका छन् गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ढकालले नेपाली जनताको अथक प्रयास र बलिदानीपुर्ण आन्दोलनबाट प्राप्त भएको उपलब्धि संस्थागत हुने क्रममा छ । गणतन्त्र प्राप्तिमा योगदान गर्नुहुने सबैमा नेपाल परिवार दल उच्च सम्मान ब्यक्त गर्दछ । गणतन्त्र प्राप्ति पछि जनभावना अनुरुप तिब्र गतिमा काम हुन नसके पनि जलश्रोत, पुर्बाधार विकास, संचार लगाएतको क्षेत्रमा आसलाग्दा पहलकदमीहरु सुरु हुनु नितान्त सकारात्मक संकेत हुन् ।

जब सम्म राजनीतिले एक निश्चित बाटो समात्न सक्दैन तबसम्म कुनै पनि लोकतान्त्रिक मुलुकमा स्थायित्व र विकासले गति लिदैन भन्दै नेता ढकालले नेपालमा स्थायित्वकोलागि सबै भन्दा महत्वपुर्ण सर्त नेपाली जनताको अटुट एकता र संबिधान कार्यन्वयनमा इमान्दारिता हो। संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका प्रदान गरेका राजनैतिक दल र नेतृत्वहरुनै अब सबैभन्दा बढी जिम्मेवारीकासाथ क्रियासिल भएर मुलुकको तमाम सामाजिक आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्नु पर्छ। नेपाल परिवार दल सबल राष्ट्रियता, सामाजिक सदभाब , नैतिकवान समाज, समानता, शुशाशन र आर्थिक संमृद्धि सहितको समाबेशी प्रकृतिको संघिय लोकतान्त्रिक गणतन्त्रको सस्थागत विकास चाहन्छ।
ढकाल द्धारा जारी सन्देशमा भनिएको छ नेपाल गणतन्त्रले केहि सिमित टाठाबाठा र सहरियालाई मात्र खुसि पार्ने होइनकि तमाम देशभरिका विशेषगरी ग्रामिण क्षेत्रमा बसोबास गर्ने नेपालीको मुहारमा खुसि छर्न सक्नु पर्छ

Related Posts

जन–चेतना स्वतन्त्र संगठनले दुइसय जनालाई खाना खुवायो
काठमाण्डौ । जन–चेतना स्वतन्त्र संगठनले शनिबार बालाजु विष्णुमति पुल नजिकै रहेकोे शिवालयमा कोभिड १९ को कारणले समस्यामा परेका करिव २०० जना महानुभावहरू...
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक...
उज्वल थापाको निधनप्रति परिवार दल द्वारा दुःख व्यक्त
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधनप्रति नेपाल परिवार दलले दुःख व्यक्त गरेको छ । नेपाल परिवार दलका प्रवता सन्तोष कुमार...