स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर : परिवार दल



Published Date:2021-05-28

काठमाण्डौ । नेपाल परिवार दलले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा तथा भत्सना गरेको छ ।दलका महामन्त्री बिनोद डागीले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई कानुनी दायरमा ल्याइ कारबाही गर्न सरकारसँग माग गरेका छन् । उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटनाप्रति दलको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । दलले यस्तो कारेना महामरीको समयमा स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भएको जनाएको छ । दलले हरेक अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध गर्न पनि सरकारलाई आग्रह गरको छ ।

Related Posts

जन–चेतना स्वतन्त्र संगठनले दुइसय जनालाई खाना खुवायो
काठमाण्डौ । जन–चेतना स्वतन्त्र संगठनले शनिबार बालाजु विष्णुमति पुल नजिकै रहेकोे शिवालयमा कोभिड १९ को कारणले समस्यामा परेका करिव २०० जना महानुभावहरू...
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक...
उज्वल थापाको निधनप्रति परिवार दल द्वारा दुःख व्यक्त
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधनप्रति नेपाल परिवार दलले दुःख व्यक्त गरेको छ । नेपाल परिवार दलका प्रवता सन्तोष कुमार...