अन्तर्राष्ट्रिय परिवार दिवस : परिवार बलियो भयो भने मात्र असल समाज निर्माण हुने



Published Date:2021-05-15

जेष्ठ १ काठमाडौ । पारिवारीक मुल्य मान्यतालाई आधार बनाई बिभिन्न कार्यक्रम गदै आएको युनिर्भसल पीस फडेरेसन नेपालको आयोजनामा भच्युल माध्यमबाट अन्तर्राष्ट्रिय परिवार दिवस मनाईएको छ । परिवार र प्रबिधी भन्ने नाराको साथ यो बर्षको अन्तर्राष्ट्रिय परिवार दिवस मनाईएको छ । हरेक मे १५ तारिख दिन यो दिवस मनाउने गरिन्छ ।
कार्यक्रमलाई सम्बोधन गदै पूर्वमन्त्री एकनाथ ढकालले दीगो विकास लक्ष्य हासिल गर्न परिवारका काम गर्न सक्ने क्षमताका सबैको उत्तिकै भूमिका रहने बताएका छन । उनले परिवारकै पहलबाट गरिबीविरुद्ध लडेर दीगो विकास लक्ष्य हासिल गर्न ढोका खोल्न सकिने विश्वास गदै प्रबिधीले सम्बन्ध तोडने हैन जोडने कामको माध्यमको रुपमा लिनु पर्नेमा जोड दिएका छन् । परिवार बलियो भयो भने मात्र असल समाज निर्माण हुने भन्दै पूर्वमन्त्री ढकालले सहअस्तीत्वको भावना बाट अगाडि बढन सकेको खण्डमा जस्तो सुकै समस्याको समाधान परिवारबाट निस्कने बताए ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वष यो दिवस मनाउने गरिएको छ ।

विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो । यसपटक कोरोना महामारीले यो दिवसको महत्वलाई अझ बढाएको छ । परिवारसँगै बस्नुपर्ने भएपनि सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता छ ।
कार्यक्रममा ग्यालक्सी पब्लिक स्कुलका प्रिन्सीपल सुरिना गुरुङ तथा बहाँको श्रीमान् दिपेन्द राणा, नोबेल एकेडेमीका निर्देशक सुरेन्द्र श्रेष्ठ बहाँको धर्मपत्नी लैला श्रेष्ठ, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेल, बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष प्रकाशबाबु थापा लगायतले परिवारको महत्वको बारेमा प्रकास पारेका थिए ।
सयौ परिवारको सहभागितामा भएको कार्यक्रमको सञ्चालन युपीएफ नेपालका महासचिव बिनोद डाँगीले सञ्चालन गरेका थिए । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो ।

Related Posts

नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठक जारी
काठमाडौं । नेपाल परिवार दलले अगामि मङसिर ४ गते आईतबार एकै साथ हुने संधिय संसद तथा प्रदेश सभाको निर्बाचनमा पार्टीको घारण बनाउन केन्द्रीय समितिको बैठ...
राष्ट्रिय अनलाईन पत्रकार संघले मनायो सातौ बाषिक उत्सव
अनलाइन पत्रकारिता पुरस्कारबाट पत्रकार दिल माया तामाङलाई काठमाडौँ । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)ले आफनो स्थापनाको सातौ बाषिक उत्सव मनाएको छ ।...
रुपान्तरित नेतृत्वका लागि ५ दिने सेमिनार काठमाडौमा शुरु
काठमाडौ । विश्व शान्ति तथा एकीकृत परिवार संघ र इन्टरनेश्नल एसोसियसन अफ युथ एण्ड स्टुडेन्ट फर पिसको सयुक्त आयोजनामा काठमाडौमा सोमबारदेखि देखि ५ दिने...