इसेवासँगको सहकार्यमा रिचार्जरमा ९९९ मा पल्स अक्सिमिटर



Published Date:2021-05-12

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई-सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो ।पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो ।वैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् । ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क डेलिभरी हुने छ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।कोरोना संक्रमण तिब्र दरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा बिना कुनै शुल्क घरमा नै अक्सिमिटर उपलब्ध गराउन लागेको रिचार्जरले जनाएको छ ।

यसका साथै रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखी ८२ हजार रुपैयाँमा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैयाँमा, सर्जिकल मास्क ५ रुपैयाँमा, के ९५ मास्क १५ रुपैयाँमा, कोरियन मास्क ३५ रुपैयाँमा, फेस शिल्ड ५५ रुपैयाँमा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । त्यसै गरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैयाँ, ५ लिटरको स्यानिटाइजर ७९९ देखी ९९९ रूपैयाँका साथै थर्मल गन ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । विभिन्न किसिमका पीपीइ सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुनेछ ।गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

Related Posts

अर्चना सर्जिकल सप्लायर्सद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाण्डौ । त्रिपुरेश्वरमा रहेको अर्चना सर्जिकल सप्लायर्सले एकला पचास हजार बराबरको स्वास्थय सामग्री सिन्धुलीका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको...
विद्युतीय सवारी साधनको वढोत्तरी हुने :यातायात ब्यबसायी थापा
विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गरेकोमा सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेष बहादुर थापाले सरकारले बिगत तीन बर्षदेखी आफुले उठाउँदै आएको ...
उत्साहप्रद र जपपक्षीय बजेट छ, सबै मिलेर कार्यान्वयन गरौँ : अध्यक्ष ढकाल
आकार ठूलो, तर स्रोत जुटाउने आधार भरपर्दो नदेखिएको भन्दै अध्यक्ष ढकालले बजेटले भौगोलिक, क्षेत्रीय तथा बर्गीय रुपमा सन्तुलनमा दिन नसकेको बताए काठमाडौ...