तङ इल मोदो संघको पहिलो अनलाइन बोन प्रतियोगिता सम्पन्न



Published Date:2021-05-11

झापा जिल्ला उत्कृष्ठ,बिश्वजित गुरुङ, निर्जलन चौधरी, प्रथम राईले जिते स्वर्ण पदक

काठमाण्डौ । तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन(काता) प्रतियोगिता –२०२१ सम्पन भएको छ । कोरोनाको महामारीको कारणले बिश्वभरी नै भौतिकरूपमा खेलकुद गतिविधि गर्न असम्भव जसै भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँ उर्जा र उत्साह जगाउन प्रतियोगिताको आयोजना गरिएको तङ इल मोदो संघका महासचिव बिष्णु गिरीले बताए । प्रतियोगिता अप्रिल ७ देखि मे ७ ,२०२१ सम्म एक महिना लगाएर तीन चरणमा प्रतिस्पर्धा भएको थियोे ।

पहिलो चरणमा देशभरिबाट छनोट भएर आएका ३५ जना खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियोे जसबाट २० जना खेलाडी सेमिफाइनलमा प्रवेश गरेका थिए र सेमिफाइनल बाट प्रतिस्पर्धा भएर फाईनलमा १२ जना खेलाडी प्रवेश गरेका उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए । प्रतियोगीतामा फाइनलमा प्रवेश गर्नेहरुबाट ब्ल्याक बेल्ट पुरुष एकल बोन (काता) समुहमा बिस्वजित गुरुङ (ईलाम ) ले स्वर्ण ,तिर्थ चौधरी (कैलाली )ले रजत ,धिरज चौधरी ले (कैलाली ) कास्य र सरोज सुब्बा (झापा ) ले कास्य पदक जित्न सफल भए ।

यस्तै कलर बेल्ट पुरुष एकल काता तर्फ प्रथम राई (झापा ) ले स्वर्ण , सुजन श्रेष्ठ (झापा ) ले रजत ,सागर साही (कैलाली ) ले कास्य र पर्बत तोलाङ्गी ( झापा ) ले कास्य पदक जित्न सफल भए । त्यस्तैगरि कलर बेल्ट महिला एकल काता तर्फ निर्जलन चौधरी (कैलाली ) ले स्वर्ण ,रितु चौधरी ( कैलाली ) रजत ,बिपना बिष्ट (कैलाली ) कास्य र करुना बिष्ट ( कैलाली ) ले कास्य पदक जित्न सफल भए तथा टिम काता तर्फ झापाको टिम प्रथम भएर बिस्वजित गुरुङ ,सुजन श्रेष्ठ र पर्बत तोलाङ्गीले स्वर्ण पदक , टिम चितवन दोस्रो भएर श्याम कुमार बाचे ,बादल थापा मगर र सुसान गुरुङले रजत पदक र टिम कैलाली तेस्रो भएर सागर साही ,रितु चौधरी र निर्जलन चौधरीले कास्य पदक जित्न सफल भएका थिए ।

अनलाइन बोन (काता) प्रतियोगिता –२०२१ को भर्चुअल पुरस्कार समारोहमा राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्र बाट विशिष्ट ब्यक्तिहरु अनलाईन सहभागि भई बिजय खेलाडिहरुलाई प्रमाण पत्र तथा ट्रफि प्रदान गरेका थिए । तङ इल मोदो संघका अध्यक्षसन्तोष कुमार पौडेले अध्यक्षतामा भएको समारोहमा ,राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य श्रीमती ईन्दिरा निरौला ,तङ इल मोदो अन्तर्राष्ट्रिय अध्यक्ष ग्रेन्ड मास्टर ताकामित्सु होशिको,अन्तर्राष्ट्रिय महासचिव डा. भेनस जि अगस्तिन एसिया महादेशका अध्यक्ष मास्टर बर्नाडिनो जि भिलागान्ते मास्टर क्लेरान्स म्वाकिओ ईनगाल्वा , अन्तर्राष्ट्रिय प्राध्यापक रिचेल जालिपा , बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष प्रकाशबाबु थापालगायतको सहभागिता थियो ।


पदक बिजेता खेलाडीहरुको नाम जर्ज दिपेन्द्र ठाकुरले घोषणा गरेका थिए भने कार्यक्रममा समग्र प्रतियोगिताको भिडियो र प्रतिबेदन केन्द्रिय सदस्य दिपक बास्तोला प्रस्तुत गरेका थिए । भर्चुअल पुरस्कार समारोहमा सहभागी अतिथिहरुले आ–आफ्नो तर्फबाट प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएकोमा बधाई तथा पदक बिजेता खेलाडीहरुलाई दिदै कोभिडको माहामारिमा पनि अनलाइनको माध्यमबाट प्रतियोगिता आयोजना गरेर खेलकुदलाई गतिशील बनाएकोमा आभार ब्यत्त गरेका थिए । समापन कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रकाश श्रेष्ठले गरेका थिए । तङ इल मोदो संघ राष्ट्रय खेलकुद परिषदमा १२८ औ नंम्बर दर्ता भएको खेल हो ।

Related Posts

नेपाल क्वानमुकान कराँत् डो संघको अध्यक्षमा जनक सुबेदी
काठमाण्डौ । नेपाल क्वानमुकान कराँत् डो संघको पाँचौ अधिबेसन सम्पन्न भएको छ । काठमाण्डौमा भएको अधिबेसनले अध्यक्षमा जनक सुबेदीलाई सर्बसम्बत रुपमा चयन ...
तोङ्ग ईल मो डो संघका ११ खेलाडीले वल्र्ड मार्सल आर्ट्स मास्टरसीप भाग लिने
काठमाण्डौ । दक्षिण कोरिया तथा वल्र्ड मार्सल आर्ट्स मास्टरसीप कमिटिको संयुक्त आयोजना “ २०२१ वल्र्ड मार्सल आर्ट्स मास्टरसीप “ दक्षिण कोरियाको अन्लाईन...
सात दिने तङ्ग इल मोदो मार्सल आर्ट प्रशिक्षण सम्पन्न
मोरङ । तङ्ग–इल मो–दोे संघ नेपाल (एकीकृत मार्सल आर्ट) मोरङको आयोजनामा ७ दिने तङ्ग इल मोदो मार्सल आर्ट प्रशिक्षण शनिबार सम्पन्न भएको छ । तङ्ग–इल मो–द...