अस्ताए प्रेमध्वज प्रधान



Published Date:2021-05-06

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ स् ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।

उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । सन् १९५२ मा प्रेमध्वजले १६ बर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए । 

प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।

सिन्धुपाल्चोकको चौतारामा जन्मिएका ८२ वर्षीय प्रधानका घुम्तीमा नआउ है…’ तिमीलाई अचेल कहाँ देखुँ.., गोरेँटो यो गाउँको…, पर लैजाउ फुलहरु…’ जस्ता चर्चित गीतहरु रहेका छन् ।

Related Posts

परिवार दल निकट पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको भातृ संगठन पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल परिवार ...
बिश्व शान्तिको लागी कदमः कोरियाली प्रायद्वीपको मेलमिलाप र सहकार्यमा केन्द्रित
थिंक ट्यांक २०२२ ¥याली अफ होप कार्यक्रम सम्पन्न राष्ट्र आर्थिक र आत्मिक दुबै रुपमा बलियो हुनुपर्छ ः अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कोरियाल...
निको भएका बिरामीमा पोस्ट कोभिड, देखिन्छन् यस्ता लक्षणहरु
कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो ...