नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले गठन गरयो ‘कोभिड–१९ उपत्यका संयोजन समिति’



Published Date:2021-05-04

काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ ९सिभिसिसी० गठन गरेको छ ।
कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय लगायतको कार्य गर्न सो समिति गठन गरिएको महासचिव टेनिस रोकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपत्यका प्रदेशले अध्यक्ष श्रीजन झाको संयोजक रहने गरी महासचिव टेनिस रोका, सचिव रोशन पाण्डे र सदस्य विष्णु निश्चलसहित तीन जिल्ला (काठमाण्डौ , ललितपुर र भक्तपुर)का अध्यक्षहरु सदस्य रहेको सिभिसीसी गठन गरिको हो ।

महासंघले कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै ‘उपत्यका प्रदेश पत्रकार कोभिड राहत कोष’ पनि गठन गर्ने निर्णय गरेको छ ।

कोषाध्यक्ष अर्जुन पन्त संयोजक र सदस्यहरुमा रत्न श्रेष्ठसहित तीन जिल्लाका कोषाध्यक्ष रहने गरी कोष स्थापना गरिएको हो । कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर हस्पिटलमा भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने महासचिव रोकाले जानकारी दिए ।
सोहीबारे निर्णय लिन सोमबार बसेको बैठकले सञ्चार गृहहरुलाई श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सेवा सुविधा नियमित गराउन अनुरोध गर्दै कोरोनाको बहानामा जबरजस्ती निष्कासित नगर्न र बिदामा नराख्न आग्रह गर्ने निर्णय भएको महासंघको आग्रहलाई बेवास्ता गर्दै नियमित सेवा सुविधा उपलब्ध नगराइए, निष्कासित वा बिदामा राखिएको पाइएमा आन्दोलनमा जाने निर्णय पनि गरेको छ ।

उपत्यका प्रदेशले फिल्डमा खटिने पत्रकारहरुलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

Related Posts

‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा : दुई कोरियाबिचको एकताको मिलनबिन्दु खोज्न पहल गर्ने
काठमाण्डौ । कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनर्मिलनका लागी र ‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा आज गरिएको छ । यहि बैशाख २६ गते आईतबार दक्षिणा...
छैटौं र्याली अफ होप :विश्वका नेतृत्वहरूद्वारा शान्तिप्रतिको नयाँ दृष्टिकोणबारे छलफल हुने
काठमाण्डौ ।  कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनर्मिलनका लागी र ‘थिंक ट्यांक २०२२’को स्थापनाको सहयोगका लागी छैटौं र्याली अफ होपको आयोजना यहि बैशा...
सत्तारुढ दलका शिर्ष नेतृत्वलाई मेलमिलापबाट अघि बढन परिवार दलको आग्रह
२३ वैशाख, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरुलाई मेलमिलाप गरेर नयाँ राजनैतिक...