नेपालमा कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड



Published Date:2021-05-03

काठमाण्डौ । दैनिकजसो कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । सोमबार देशभरमा सात हजार ४४८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित अपडेट अनुसार २४ घण्टामा भएको कुल १७ हजार १७६ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ९२२ जना, ललितपुरका ५२२ जना र भक्तपुरका २२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी एक दिनमा नै काठमाडौं उपत्यकामा दुई हजार ६६६ जनामा कोभिड १९ पुष्टि भएको छ।

यसैगरी २४ घण्टामा कोरोना मुक्त हुने दुई हजार २१ जना छन् भने क्वारेन्टिनमा २१२ जना छन् ।

Related Posts

संक्रमितले सबै अस्पताल भरिए
 कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीब्र रुपमा बढेसँगै काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको छ । अत्यावश्यक कामबाहेक मानिसह...
अक्सिजन सिलिन्डर खोज्दै सरकार
अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ ।टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य म...
अस्ताए प्रेमध्वज प्रधान
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ स् ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न...