एकैदिन थपिए ७ हजार २११ जना संक्रमित



Published Date:2021-05-02

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ।

गत २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन्। हालसम्म ४८ हजार ७११ सक्रिय संक्रमित रहेका छन्।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १६ हजार १४७ पीसीआर तथा ६२३ एन्टिजेन परीक्षण भएको छ।

Related Posts

संक्रमितले सबै अस्पताल भरिए
 कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीब्र रुपमा बढेसँगै काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको छ । अत्यावश्यक कामबाहेक मानिसह...
अक्सिजन सिलिन्डर खोज्दै सरकार
अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ ।टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य म...
अस्ताए प्रेमध्वज प्रधान
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ स् ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न...