एकताको सहमति पत्र नविसौ



Published Date:2021-04-24

रित्त बहादुर श्रेष्ठ (कृष्ण)


कुन परिस्थिति र सोचमा एक वर्ष अगाडि पार्टी एकता भएको थियो यसलाई नेतृत्वले बुझन जरुरी छ

आवश्यकता र औचित्य आधारमा राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालका शिर्ष नेताहरुको सहमतिबाट बैकल्पीक राजनीतिक शक्ति निर्माणको अभियान अन्तरगत राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिह भण्डारी तथा समाजबादी पार्टी तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले ४ बुर्दे सहमतिमा हस्ताक्षर गरि २०७७ वैशाख १० गते जनता समाजवादी पार्टी नेपाल निर्माणको घोषणा गरे ।


पार्टी फुट्न सजिलो हुनेगरी प्रधानमन्त्री खड्क प्रसाद ओलीले ल्याएको अध्यादेश र २०७७ वैशाख १० गते नै स.पा.का संघिय सासद सुरेन्द्र कुमार यादवलाई महोत्तरीबाट अपहरण गरि काठ्माण्डौ ल्याउदै गरेको अवस्थाले सिर्जना गरेको राजनैतिक घटना क्रमपछि एका एक पार्टी एकता गर्न दुबै दल सहमति भई पार्टी एकता भयो हुनत दूई पाटी बिचको एकताको पहल भने पहिल्यैदखि भईरहेको थियो ।

तर अप्रत्यासीत रुपमा प्रधानमन्त्री र राष्ट्रपति मिलि २०७७ पौष ५ गते संघिय संसद विघटन गरे त्यसपछी प्रतिगमन भो भनेर जसपाका केन्द्रिय समिति अध्यक्ष द्वय महन्थ ठाकुर तथा उपेन्द्र यादवले सयुक्त हस्ताक्षर सहितको प्रेस विज्ञप्ति निकाल्दै । जसपाले सबैभन्दा पहिले आन्दोलनको आह्वान गरे सोही अनुरुप देशव्यापी आन्दोलन , मशाल जुलुस, प्रधानमन्त्रीको पुत्ला दहन लगायतको बिरोधका कार्यक्रम गरियो ।


तत्कालीन नेकपा नेपाल–प्रचण्ड पक्षले पनि आन्दोलनमा उत्रिए साथै काङ्ग्रेसले पनि आन्दोलन गरे जस्तो गरे । उता प्रधानमन्त्री ओलीले आफ्नो समर्थनको जुलुस पनि निकाले । यसबीचमा संसद पुनर्स्थापनाका लागि दर्जनौ रिटहरु सर्वोच्च अदालतमा दर्ता भयो अन्तत लामो बहसपछि यहि फाल्गुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदियो ।
संसद पुनस्थापना भएपछि संसदको पहिलो बैठक बस्नै नपाई नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष ऋषि कट्टेलको पार्टी नाम मिलेकोले तत्कालीन सत्तारुढ दल आफ्नो पार्टीको नाम भएको रिटको पेशी तोकियो र फागुन २३ गते सर्बोच्चको फैसालले नेकपा एमाले र माओबादी केन्द्रको पार्टी एकतालाई मान्यता नदिई दुबै पार्टीलाई पूर्ववत अबस्थामा फकाईदियो ।
२३ गते सर्वोच्च अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिई नेकपा एमाले र माओवादी केन्द्र छुट्टिन्ने फैसला गरे त्यसपछि देशमा झन थप राजनैतिक तरङ्ग र संकट उत्पन्न भयो राजनीति दुई धार देखियो । एक ओलि सरकारको निरन्तरता अर्को प्रतिगमन विरूद्ध वैकल्पिक सरकार । राजनीति पार्टी विच नयाँ हसरकारको निर्माणका लागि विभिन्न चरणमा बार्ता भए पनि आ– आफ्नै स्वार्थका कारण उपलब्धि हासिल हुन सकेको छैन । सामाजिक सञ्जालमा तथा राजनितिक जोतिषहरूले कहिले भावी प्रधानमन्त्री शेर बहादुर देउवा कहिले महन्थ ठाकुर त कहिले डा. बाबुराम भट्टराई भने भनेर निकै झ्याली पिटे,पिटाए । प्रधानमन्त्री ओलि सके आफ्नो सरकार टिकाउन वा नसके पुनः मध्यावधि निर्वाचन आफ्नै नेतृत्वमा गराउन कुनै कसुर बाकी नराख्ने मनस्थितिका साथै गतिविधि पनि अगाडि बढाइरहेक छ्न ।
अहिलेको राजनैतिक संकटको सबभन्दा मारमा जसपा परेको छ । जसका कारण नेतृत्व दुई धार प्रष्ट देखिँदा कार्यकताहरु अन्योलमा छन । डा. भट्टराई र उपेन्द्र यादव जसपा, काङ्ग्रेस र माओवादी मिलेर नयाँ सरकार बनाउनु पर्छ भन्ने लाइनमा छन् । महन्थ ठाकुर र राजेन्द्र महतो चाहिँ उधारोमा हैन नगदमा हाम्रा मागहरु पूरा गर्न प्रधानमन्त्री ओलि सकारात्मक रुपले तयार भएकोले ओलिलाई नै साथ दिनुपर्छ पर्छ भन्ने लाईनमा छन् ।
साढेको जुधाइ बाच्छाको मिचाइ भने झै जसपा मिचाइमा नपरोस । राजनीति वृत्तमा त अब जसपा फुट्ने लाइनमा गैसक्यो, भित्र भित्र फुटिसक्यो, घोषणा हुन मात्र बाँकी छ भन्ने हल्लाहरु चलिरहेका छन् । कुन परिस्थिति र सोचमा एक वर्ष अगाडि पार्टी एकता भएको थियो यसलाई नेतृत्वले बुझन जरुरी छ । तसर्थ गत बर्ष बैशाख १० गते भएको सहमति शिर्ष नेतृत्वहरुले पटक पटक पढौ । खल्ती मै बोकेर हिडौ, सुत्दा पनि सिरानी मै राखी सुतौ ताकी पार्टी एकता बलियो हुन मद्दत पुगोस । जसपाले यो राजैतिक संकटलाइ पार लगाउदै एकता महाधिवेशन चाडो भन्दा चाडो गरेर नेपाली जनतालाई नयाँ सन्देश प्रबाह गर्नु पर्छ ।
(लेखक ः श्रेष्ठ जनता समाजबादी पार्टीका युवा नेता तथा जसपा संघिय परिषदका सदस्य हुन)

Related Posts

घरेलु हिंसा र कानुनी व्यवस्था
बिष्णु निश्चल काठमाण्डौ । तीन छोराछोरी सहित आमाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको घटना हाम्रो स्मरणमा ताजै छ जसको कारण घरेलु हिसाँ देखिएको ...
सुसासन नेपाल समृद्धिको आधार
नवराज दाहाल एकातिर अमेरीका यूरोप जस्ता पहिलो विश्वका राष्ट्रहरु आउदो पिडीहरुको भविष्यको बारेमा कयौ वर्ष पहिले नै सोच विचार गरिकन पूर्व तयारीका साथ ...
सर्वोच्चको निर्णय, जनताको विजय
रित बहादुर श्रेष्ठ (कृष्ण) जब शासकको उल्टो बुद्धि बढ्छ, निरंकुशता हावी हुन्छ तब शासक आफ्नै कारणले ढल्छ। यो विश्व राजनैतिक इतिहासले प्रष्ट्याउछ। यस्...