कोरोना बिरुद्द सचेतना मुलक सडक ‘हाम्रै गाउँघरमा’ मञ्चन



Published Date:2021-04-22

काठमाण्डौ । रंगकर्मी आसान्त शर्मा निर्देशनमा कोरना बिरुदको सचेतना मूलक सडक नाटक ‘ हाम्रै गाउँघरमा ’ मञ्चन गरिएको छ । गोकणेश्वर नगरपालिकाको आयोजनमा जनचेतना नेपालको प्रस्तुति सामुदायिक सडक नाटक ‘ हाम्रै गाउँघरमा ’ भेनस कलेज हलमा प्रथम प्रर्दशन गरियो ।


कोरोना रोग नियन्त्रण तथा रोकथाम का लागि नगरपालिकाले नगरबासीमा चेतना जगाउन सो नाटक मन्चन्को आयोजना गरेको नाटकका कलाकार मुना निरौला त्रिपाठीले जानकारी दिईन । ३० मिनेट लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक बिषयलाई नाटकमा उठा गरेको अर्का कलाकार यम बहादुर जीसीले बताए । नाटकमा मुख्य कलाकारको रुपमा कमल बोहरा,मुना निरौला त्रिपाठी, कबिन्द्र त्रिपाठी, याम बहादुर जिसी, सोमा न्यौपाने लगायतको भूमिका रहेको छ भने अन्य कलाकारमा सरला पराजुली, प्रनिस थापा मगर, कृष्ण केसी रेशम मल्ल, बिनोद प्रकाश धामीको अभिनय हेर्न सकिन्छ ।


क्रितिमा र क्रिस्टीना त्रिपाठीले बाल कलाकारको रुपमा अभिनय गरेका छन् । नाटकको लेखन कबिन्द्र त्रिपाठी रहेको छन् । नाटकमा समसामयिक राजनीतिक ब्यस्था , पारिवारीक पिडा लगायत कोरना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने बिषयलाई सडक नाटकमार्फत आम नागरिकले बुझने भाषा शैलिमा प्रस्तुत गरिएको छ । नाटकमार्फत कोरना संक्रमणबारे कसरी बच्ने भन्ने बारे सचेतना फैलाउन उदेश्य भएकोले नगरपालिकाले सहयोग गरेको नगरपालिकाका एक कर्मचारीले बताए ।
नाटकमा जाँड रक्सीको कुलतले समाजमा निम्त्याउन सक्ने विभिन्न विकृति विरुद्ध सचेत गराएको छ । सडक नाटकमा १२ जना कलाकारले सहभागिता जनाउने छन् । कलाकार मुना निरौला त्रिपाठीले सामाजिक दूरी कायम राखेर नाटक प्रस्ुतत गरेको बताईन ।

महामारीको रुप लिइसकेको कोरनाले विश्वमै सन्त्रास फैलाएको छ । केरोना बारेमा भाइरसविरुद्ध जनचेतनाफैलाउने टोलछिमेकमा जागरण ल्याउने यस क्षेत्रमा रोग फैलिन नदिने उद्धेश्यले जनचेतना नेपालले पछिल्लो समय अभियान नै चलाएको छ । जनचेतना नेपालमा आवद्ध कलाकारहरुले घरघरमा पुगेर कोरनाका बारेमा लेखिएका पर्चा बाड्नुका साथै रोगबाट बच्ने उपाएका बारेमा जानकारी गराउँदै आएका थिए । संक्रमण भइसकेपछि पछुताउनु भन्दा संक्रमण हुन नदिनु उत्तम हुने भएकाले आफनो ठाउँबाट सक्ने अभियान जनचेतना नेपालले चलाउँदै आएको छ ।

Related Posts

गायक तथा संगितकार राज सागर मुख्य निर्णायक रहेको हाम्रो प्रतिभा आइडल–२०२१’ को उपाधि इलामकी सम्झना राईले जितिन्
काठमाडौं – भरचुवल माध्यमबाट भएको हाम्रो प्रतिभा आइडल–२०२१’ उपाधी इलामकी सम्झना राईले जितेकी छन् । आईतबार साझ भएको फाईनलमा ४ जना प्रतिस्प्रधीलाई उछि...
अस्ताए प्रेमध्वज प्रधान
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ स् ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न...
सुवासको निर्देशनमा ‘कुल्चि हिँड्छन् फूललाई’
काठमाडौंँ । अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रियता देख्न सकिन्छ । थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिँड्छन् फूललाई’को म...