गलैंचा उत्पादक संघमा गुरुङ



Published Date:2021-04-14

काठमाडौं । नेपाल गलैचा उत्पादक तथा निकासी संघको अध्यक्षमा रामवहादुर गुरुङ निर्वाचित भएका छन् । संघको हिजो सोमबार भएको तेस्रो साधारण पछि भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ हिमालयन डेकोर रग्सका सञ्चालक हुन् । संघको नयाँ कार्यसमितिमा तेञ्जीङ शेर्पा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसरी नै समिक विक्रम शाह, निमा लामा र हिरावहादुर लामा उपाध्यक्षमा निर्वाचित भएका छन् भने दावा शेर्पा महासचिव बनेका छन् । बलराम गुरुङ र देवआनन्द सारावगी सचिवमा चयन भएका छन् । कोपाध्यक्षमा दानवहादुर चन्द ठकुरी र सह– कोषाध्यक्षमा राधा पन्त चयन भउका छन् । संघमा सात जना सदस्य रहेका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

Related Posts

निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै रिचार्जर
काठमाण्डौ । इकमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना म...
भृकुटीमण्डपको मेलामा जुत्ता किन्नु भयो ? मेला अबधि दुई सातालाई थप, ५० प्रतिशत छुटमा पाउँदा सर्वसाधारणको भिड
भर्खरै कोरोनाको कहरबाट राजधानी मुक्त हुँदैछ । बजारमा चहलपहल बढ्न थालेको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले यही मौका छोपेर राजधानीको ...
एउटै छानामुनि १८ ब्राण्डका जुत्ताचप्पल, ५० प्रतिशत छुटमा पाउँदा सर्वसाधारणकाे भिड
एउटै छानामुनि १८ ब्राण्डका जुत्ताचप्पल, ५० प्रतिशत छुटमा पाउँदा सर्वसाधारणकाे भिड र्खरै काेराेनाकाे कहरबाट राजधानी मुक्त हुँदैछ । बजारमा चहलपहल बढ्...