धनुषा । धनुषा निर्बाचन क्षेत्र नं १ अन्तर्गत गणेशमान चारनाथ नगरपालिका वार्ड न. ५ का सडाहा, छोट्किदमार, तितेरिया र घोरम टोलहरुमा जनता समाजवादी पार्टीका नेताहरुले जनतासङ्ग निरन्तर बिकास निर्माण लगायतका कामको बारेमा स्थानीयबासीहरुसँग छलफलमा जुटेको छ । भेटघाटको नेतृत्व जसपा सघिय परिषदका सदस्य तथा युवानेता रित बहादुर श्रेष्ठ (कृष्ण)को अगुवाईमा भएको भेटघाट कार्यक्रममा जसपा केन्द्रिय सदस्य दिपक कार्कीको प्रमुख उपस्थितिमा जसपाकै प्रदेश, जिल्ला तथा स्थानीय नेताहरुको पनि उपस्थिति रहेको थियो। भेटमा स्थानीय जनताको बिभिन्न समस्याको बारेमा सडक, खानेपानी, पुल गुणस्तरीय शिक्षा, स्वास्थ लगायतको बिषयमा छलफल भएको थियो ।
टोलबासिहरुको भेटघाटलाई सम्बोधन गर्नेक्रममा जसपाका स्थानीय नेता माधव प्रसाद दाहालले जसपामा आउन सबैलाइ अपिल गरे भने जसपाकै अर्का नेता तथा गणेशमान चारनाथ नगरपालिका कार्यपालिका सदस्य तथा नगर प्रवक्ता रामनरेश राउतले गाउँका समस्यालाई नगरपालिकामार्फत सक्ने खालका समस्याको समाधान गर्न प्रयत्न गर्ने बताए। जसपाका नेत्री मनमाया मोक्तानले आदिवासी जनजातीको हकहितका लागि हामी सबै एकजुट हुनुपर्ने बताए। मन्तव्यकै क्रममा नेता राम चलितर यादवले अन्य दललाइ जति पल्ट विश्वास गरेपनी पटक पटक जनतालाइ धोका दिएको बताए।
दलका युवा नेता रित बहादुर श्रेष्ठ (कृष्ण)ले जनताको समस्याको साथमा जसपा रहेको बताउनुका साथै हाम्रो पार्टी समावेसी सहभागितामूलक प्रगतिशील पार्टी भएकोले सबैजना सहभागीका साथ समावेश हुन आवहान गरे । जसपा केन्द्रिय सदस्य दिपक कार्किले यस भेगका समस्या समाधानका लागि आफ्नो सधै साथ रहने बताए साथै सबैको साथ रहे जनता समाजवादी पार्टी नेपाल भबिष्यमा जनताको पहिलो पार्टी बन्ने विस्वास व्यक्त गरे।स्थानीयबासी भुबन सिह कार्की, सिताराम माझी, हेम कुमारी माझी, तिर्थमान दर्जी लगायत दर्जनौ जनता समाजबादी पाटिमा प्रबेस गरे ।