धनुषा । सम्मुन्त संधिय समाजबादको मार्गदर्शक सिदान्त अवलम्बन गरेको जनता समाजवादी पार्टी नेपालले समुन्नत संधिय शासनप्रणाली मार्फत सुशासन कायम गरि राष्ट्रलाई समृद्धिको मार्गमा लागि समाजवादको गन्तव्य तय गर्ने लक्ष्य लिएको छ। यहि कुरालाइ मध्यनजर गरि समयसमयमा जसपाले जनतासङ्ग भेटघाट कार्यक्रम गर्दै आएको छ। यसै सिलसिलामा २ न.प्रदेश, धनुषा, गणेशमान चारनाथ नगरपालिका वडा न.५ अन्तर्गत पर्ने चिसापानी, दमार, गुण्डाही, कुमरखत र मैनावती टोलहरूमा जसपाका संधिय परिषद सदस्य रित ब.श्रेष्ठ (कृष्ण) को अगुवाईमा केन्द्रिय सदस्य दिपक कार्कीको प्रमुख उपस्थितमा प्रदेश, जिल्ला तथा स्थानीय तह स्तरीय नेतागणहरुको सहभागीमा भेटघाट कार्यक्रम बुधबार गरिएको छ ।
भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा जसपा की नेतृनेतृ मनमाया मोक्तानले महिलाहरूको हकहित, अधिकारकोलागी महिलाहरु पनि राजनीतिमा आउनुपर्ने बताए। यसैक्रममा स्थानीय नेता तथा गणेशमान चारनाथ न. पा। वार्ड न. ७ का अध्यक्ष टीका बहादुर ल्हायोले जनताले जसपाको नीति मन पराउदै गएको बताए। स्थानीय नेता ब्रह्मदेव महतोले देशमा सुशासन र समृध्दी ल्याउन जसपालाइ सबैले साथ दिनुपर्ने बताए। सम्बोधनकै क्रममा जिल्ला सदस्य राम चलितर यादवले ऐतिहासिक राजनीति घटनाक्रमदेखि वर्तमान अवस्थासम्मका छर्लङ्ग पार्दै अब जनता र देशको वर्तमान र भविष्य जनता समाजवादी पार्टी नेपालमा नै रहेको बताए। यसैक्रमा विभिन्न टोलका स्थानिवासिहरु भएको समस्या, गुनासाहरु बुझ्दै सल्लाह सुझाव पनि लिइयो। समग्रमा खानेपानी, सडक, कमला नदिले बस्ती कटान,स्वास्थ, शिक्षा लगायतका प्रमुख समस्या रहेको पाइयो। साथै नेताहरु चुनावमा आउने आश्वासन दिने अनि जितेर गएपछी फर्केर नआउने आक्रोशयुक्त गुनासो पनि पाइयो। चिसापानीका स्थानीयवासी मान ब.श्रेष्ठले सडक चाडो बने हुन्थ्यो भने दमारका संजीव श्रेष्ठले याहा खानेपानीको अति नै ठूलो समस्या रहेको बताए । गुण्डाहिका भानुभक्त गौतमले सडककै समस्या बताए। कुमरखतका शुक्र पाखृनले सडकमा टोलवासीकै श्रमदानले ग्य्रावल गर्नुपरेको सम्बन्धित निकायले नहेरेको दुस्ख व्यक्त गरे। साथै मैनावतिका मुकुन्द दाहालले विधालयमा विधार्थी अनुपातको शिक्षक कमि भएको बताए। आठ कक्षा सम्म पढाइ हुने मैनावती विधालयमा ४ जना मात्र शिक्षक रहेको बताए। वाहा उक्त आधारभुत विधालयको सञ्चालक समिती अध्यक्ष पनि हुन। यसै टोलका युवा तथा आधुनिक कृषि उधमी सन्तोष धमलाले किसान र कृषि क्षेत्रलाइ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताउनुका साथै गर्भवती महिलाहरुलाइ नियमित लिने स्वास्थ सेवा र नवजात शिशुहरुलाइ खोप लगाउन ५ र६ किलोमिटर तातोघाममा हिडेर जानुपर्ने जटिल समस्या भएको बताए भने घुम्ति स्वास्थ सेवा मार्फत टोलटोल मै स्वास्थ सेवा पाउनु पर्ने बताए। यिनै सल्लाह, सुझाव ग्रहण गरि गुनासोहरुलाइ आत्मसात गर्दै २०७४ सालमा भएको संघिय संसदको निर्वाचनका निकटम प्रतिद्वन्द्वी तथा जसपा केन्द्रिय सदस्य दिपक कार्कीले समस्याहरुलाई समाधान गर्नको लागि सम्बन्धित निकायहरुमा आवाज उठाउने र प्रयत्न गर्ने बताउनु भयो। यसका लागि सबैको साथ सहयोग चाहिने बताउनुभयो। सम्बोधनकै क्रममा जसपाले अङ्गिकार गरेको नीति , उद्देश्य अनुरुप वैकल्पिक मात्र हैन भविष्यमा जनता समाजवादी पार्टी नेपाल पहिलो पार्टी हुने बताउनुभयो।
सम्बोधनकै क्रममा संधिय परिषद सदस्य तथा जसपा का युवा नेता रित ब.श्रेष्ठ (कृष्ण)ले फरक नतिजाका लागि फरक ढङ्गले सोच्नु पर्ने र फरक ढ्ङ्गले कार्य गर्नुपर्ने बताए।