कोरोना उपचारमा नेतृत्वदायी भुमिका निर्बाह गर्ने चिकित्सकहरु शन्तिदुतका रुपमा सम्मानित



Published Date:2021-03-07

कोरोना महामारीको समयमा जोखिम मोलेर पनि उपचारमा संलग्न भएर ऐतिहासिक भुमिका निर्बाह गर्नुभएका चिकित्सकहरुलाई शनिबार एक समारोहकाबीच सम्मान गरिएको छ । युनिभर्सल पिस फेडरेशन इन्टरनेशलन एशोसिएशन अफ पार्लियामेण्टेरियन्स फर पिसले बिभिन्न अस्पतालमा कोरोना उपचारमा नेतृत्वदायी भुमिका निर्बाह गर्नुभएका बरिष्ठ चिकित्सकलाई शान्तिदुतको रुपमा सम्मान गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता र पुर्ब मन्त्री एवं पिस फेडरेशनका एशिया प्यासिफिकका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा भएको समारोहमा डा सागरराज भण्डारी , प्रा डा सुवास आचार्य , डा सन्तकुमार दाश , डा रोशनकुमार झा, डा अनुप बास्तोला , डा सौरभ श्रेष्ठ, डा रोना झा , डा शेरबहादुर पुन, डा बिपिन नेपाल , डा रक्षा पाण्डे, डा समीरकुमार अधिकारी सम्मानित हुनुभयो ।

त्यसैगरी राज्यमन्त्री रामबीर मानन्धर , पत्रकारद्धय अतुल मिश्र र श्रीराम सुबेदीलाई पनि सम्मान गरिएको थियो । उहांहरुलाई सम्मान गर्देै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले कोरोना लागेकाहरुलाई उपचार गर्न चिकित्सकहरुले ऐतिहासिक भुमिका निर्बाह गरेको बताउनुभएको छ ।

उहांले नेपालमा कोभिड १९ लाई कम गर्न राज्य लगायत सबै पक्षको भुमिका रहेको भन्दै एकले अर्काको अस्तित्वलाई स्वीकार गरेमा सबैतिर शान्ति कायम हुने कुरामा जोड पनि दिनुभएको छ । मानब समाज , मानब कल्याण , बिश्व शान्ति र सुशासनका लागि लामो समय देखि क्रियाशील पिस फेडरेशनले बिभिन्न क्षेत्रमा शान्ति र सुशासनका लागि योगदान गर्नेहरुलाई बिगतका बर्षहरु देखि नै सम्मान गर्र्दे आएको छ ।

पुर्ब उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले सबैको प्रयासका कारण अन्य देशको तुलनामा नेपालमा कोभिड १९ को महामारी कम हुदै गएको भन्दै खुशी ब्यक्त गर्नुभएको छ । उहाले संकटका बेला स्वास्थ्यकर्मीको भुमिका प्रशसनीय रहेकोले स्वाथ्यकर्मीलाई सम्मान गरेर फेडरेशनले उहांहरुको मनोबल थप बढाएको बिश्वास ब्यक्त गर्नुभएको छ ।

सम्मानितहरुका तर्फबाट टेकु अस्पतालका निर्देशक डा सागरराज भण्डारीले आफुलाई गरिएको सम्मान अस्पतालका २ सय ९७ जना चिकित्सक कर्मचारीको सम्मान भएको बताउनुभएको छ । मेरो सम्मान अस्पतालका सम्पुर्ण कर्मचारीहरुमा अर्पण गर्न चाहन्छु किनकि उहांहरु सबैले गर्दा मैले सफल नेतृत्व सकेको हु – डा भण्डारीले भन्नुभएको छ ।

पुर्ब मन्त्री ढकालले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको कार्र्यक्रममा फेडरेशनका एशिया निर्देशक सन्तोषकुमार पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो भने गायिका सदिक्षा कटेलले मीठो गीत प्रस्तुत गर्नुभएको थियो ।

Related Posts

सुनुवाइ समितिले अनुमोदन गर्‍यो सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको नाम
संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको समितिको बैठ...
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार बिहान ११ बजेका लागि सर्वदलीय ...
क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम
काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कले...