विप्लवलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रिया अन्तिम किस्तामा सम्पन्न भयो’



Published Date:2021-03-05

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि एकपटक साहसी कदम चालेको बताएका छन्। उनले विप्लवसँगको सहमतिसँगै नेपालको शान्ति प्रक्रिया अन्तिम किस्तामा सम्पन्न भएको पनि बताए।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्न समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए।

उनले भने, ‘नेकपाका महासचिव विप्लव जीलाई बधाई भन्न चाहन्छु। स्वागत छ। शुभकामना छ। एकपटक फेरि साहसी कदम चाल्नु भएको छ।’ उनले अब नेपालमा हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताए।

उनले भने, ‘यो योगदानका लागि विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु। यो साहसी कदम हो। जो कोहीले यो गर्न सक्दैनन्।’

Related Posts

सुनुवाइ समितिले अनुमोदन गर्‍यो सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको नाम
संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको समितिको बैठ...
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार बिहान ११ बजेका लागि सर्वदलीय ...
क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम
काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कले...