सात दिने तङ्ग इल मोदो मार्सल आर्ट प्रशिक्षण सम्पन्न



Published Date:2021-02-27

मोरङ । तङ्ग–इल मो–दोे संघ नेपाल (एकीकृत मार्सल आर्ट) मोरङको आयोजनामा ७ दिने तङ्ग इल मोदो मार्सल आर्ट प्रशिक्षण शनिबार सम्पन्न भएको छ । तङ्ग–इल मो–दोे संघ मोरङका अध्यक्ष अशोक कुमार चौधरीको सक्रियता भएको प्रशिक्षण कार्यक्रम पारागन एकाडेमीको प्राङ्गणमा सम्पन्न भएको हो । संघका राष्ट्रिय प्रशिक्षक खड्ग बहादुर दाहाल अध्यक्षतामा भएको समापन कार्यक्रममा मोरङ खेलकुद महासंघका अध्यक्ष सुजय गौतमको प्रमुख आतिथ्य रहेको थियो ।


समारोहमा संघका केन्द्रिय उपाध्यक्ष प्रकाश श्रेष्ठ,पारागन एकेडेमीका प्रीन्सिपल दिपक घिमिरे ,खेलकुद महासङ्घ सदस्य बिस्नु बस्नेत , पोरलिभ नेपाल सुनसरी अध्यक्ष पानलाल चौधरी बन्दना चौधरी ,कविता आचार्य ,सर्मिला कटेल,रमेश निरौला ,कविता राजबन्शी लगायतको उपस्थित थियो । समारोहमा बोल्द ैमोरङ खेलकुद महासंघका अध्यक्ष सुजय गौतमले समाजका डाक्टर ,इन्जिनियर ,पाइलोट ,ब्यवसाही र नेता हरुले भन्दा खेलाडी र खेलकुदले सन्सारमा आफ्नो देश र आफुलाई परिचीत र गौरवान्वित गराउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले सबै खेलाडी हरुलाई बधाई तथा उत्तर प्रगतिको काममा गर्दै आयोजक प्रति आभार गरे । कार्यक्रमको बारेमा प्रकाश पार्दै

संघका उपाध्यक्ष तथा प्रशिक्षक प्रकाश श्रेष्ठले नेपालमा छोटो समयमा देशका लागि अन्तर्राष्ट्रिय ६१ पदक जित्न सफल यो खेलले खेलाडीलाई अनुशासित ,नैतिकवान र जिम्मेवार नागरिक बन्न प्रेरित ग।ेको बताए । प्रशिक्षण कार्यक्रममा तीन दर्जन भन्दा बढी खेलाडिहरुको सहभागिता रहेको थियो ।


तङ्ग–इल मो–दोे संघ मोरङका अध्यक्ष अशोक कुमार चौधरीले खेलको माध्यबाट भातृत्वको बिकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहेने चर्चा गरे । प्रशिक्षणमा सहभागि खेलाडिहरुलाई आफुले सिकेको ज्ञान र सिप अरुलाई बाँडन आग्रह गरे । खेलाडिले सिकेको सिप राष्टको सम्पति रहेको बताए किनकी आजका युवा नै भोलीका देशका भबिश्य हुन् ।

खेलको माध्यमबाट युवावर्गमा नैतिक शिक्षा दिनको लागि पनि तङ्ग–इल मो–दो सफल हुँदै गएको बताए । यो खेलको माध्यबाट शान्ति स्थापनामा सहयोग पुग्ने बिश्वास ब्यक्त गद खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउनु नैतिकवान बनाउनमा यो प्रशिक्षणले महत्वपूर्ण भूमिका खेलेको बताए । समापन अवसरमा तङ्ग इल मोदो का खेलाडिहरुले खेल कौशल्य प्रस्तुत गरेका थिए सन् २००५ मा नेपालमा भित्रिएको यो खेल अहिले नेपालका अधिकांश जिल्लामा खेलिन्छ ।

Related Posts

परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन शूरु : परिवार दलसँग आगामी निर्बाचनमा सहकार्य हुन्छ :ओली
काठमाण्डौ । नेपाल परिवार दलको तस्रो राष्ट्रिय महाधिवेशन शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा शूरु भएको छ । महाधिबेसनको ने.कपा एमाले अध्यक...
नेपाल परिवार दल तेश्रो राष्ट्रिय महाधिवेशनमहाधिबेसनको तयारी पुरा
महाधिबेसनबाट प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गर्ने तयारी काठमाण्ड...
एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा
नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौ...